पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञमा पोखरा–१७ का अध्यक्ष राधिका शाहले सिंगो वार्ड परिवार सकारात्मक साथमा रहेको स्पष्ट पार्नु भएको छ।
महायज्ञको पूर्वसन्ध्यामा सम्पन्न भूमी पूजन कार्यक्रममा सहभागी हुँदै अध्यक्ष शाहले महायज्ञको सफलताका लागि पूर्ण साथ र सहयोग रहने बताउनु भयो। उहाँले भन्नुभयो, “विविध कारणले स्थान परिवर्तन भए पनि अन्ततः कोटिहोम महायज्ञ वार्ड नं. १७ मा सञ्चालन हुन पाउनु हाम्रो लागि गर्वको विषय हो। हामी यो महायज्ञलाई सफल पार्न निरन्तर लागिरहनेछौं।”
अध्यक्ष शाहले कोटिहोम महायज्ञले समाजमा व्याप्त विकृति र विसंगति अन्त्य गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच महायज्ञको पूर्वसन्ध्यामा वाल बिदुषी अनुराधा पाण्डेय ज्यूको कथा प्रवचन जारी छ भने दैनिक रूपमा भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। आयोजनाले धार्मिक, सामाजिक र नैतिक चेतनाको उन्नयनमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।