पोखरा २०-भलाम । श्री सत्य साई देव साधना कुटिरको पाँचौं स्थापना दिवस एक महोत्सवका साथ यहि आषाढ ११ गते सप्पन्न भएको छ ।सो कार्यक्रममा श्री सत्य साई बाल बिकासका गुरु – गुरुमाहरुले दिप मन्त्र सहित वेद पाठ वाचन गरेका थिए।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगर पालिका वार्ड नं . २० का अध्यक्ष श्री गंगा बहादुर खत्री ज्यूले दिप प्रज्वलनको साथै वेदान्त केशरी स्वामी देवानन्द गिरिजी महाराजको मुर्तिमा माल्यार्पण गरि गर्नु भएको थियोे ।कार्यक्रममा विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै धेरै विद्वानहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा डा. भोला नारायण रेग्मी ज्यूले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु भएको थियोे ।कार्यक्रमको महत्त्वको बारेमा श्री राजेन्द्र कायस्थ ज्यूले प्रकाश पार्दै ,आउँदै गरेको व्यास पूर्णिमाका बारेमा जानकारी दिनुभएको थियो। साहित्यकार देवेन्द्र के. सी ( देवु ) ज्यूले पनि आफ्नो बाल्यकालका सम्झना सँगै साई देव कुटिरको महत्व दर्शाउनु भएको थियोे ।
स्वामी देवानन्दका शिष्य श्री टंक नापित ज्यूले पनि ”वेदान्त केशरी ” उपाधीको बारेमा उल्लेख गर्नु भएको थियो।योगदा सत् सङ्ग सोसाइटीका अध्यक्ष श्री तिर्थराज पौडेल ज्यूले उपस्थित सबैलाई दस मिनेटको ध्यान अभ्यास गराउनु भएको थियो।
सोही कार्यक्रममा बोल्दै पं तारानाथ शर्मा ज्यूले यस्ता कार्यक्रमसँग मानवीय संस्कारहरुको प्रभाव रहने बताउनु भयो।

संस्कृत उच्च माध्यमिक बिद्यालयका प्राध्यापक समेत रहनु भएका डा. श्री भोला नारायण रेग्मी ज्यूले आध्यात्मिक जागरणको बारेमा चर्चा गर्नु भएको थियो। श्री साई देव साधना कुटिर आध्यात्मिक साधनाको सहि थलो बनेको कुराको जिकिर गर्दै दर्जनौं साधक साधिकालाई थप उत्प्रेरणा जगाउन हेतु साई प्रेमोपहार प्रदान गर्नु भएको थियो।

उक्त कार्यक्रममा श्री सत्य साई केन्द्र नदिपुर पोखराका संस्थापक अध्यक्ष श्री १०८ स्वामी तपानन्द गिरिजी महाराज , श्री हरिहर भलाम सन्यास आश्रमका श्री१०८ स्वामी इशानानन्द गिरिजी महाराज , बोधिधाम योगा रिट्रीट आश्रम लेकसाईडका संचालक स्वामी आनन्द ज्यू, ऎतिहासिक फोटो संकलक पत्रकार श्री सुनिल उलक लगायत करीब २०० जनाको प्रत्यक्ष उपस्थिति रहेको उक्त कार्यक्रममा श्री सत्य साई केन्द्र नदिपुरका अध्यक्ष श्री लक्षन्द्र भट्टचन र पृथ्वीनारायण क्याम्पसका उप- प्राध्यापक श्री नारायण प्रसाद ढकालले पनि बोल्नु भएको थियो।

उक्त कार्यक्रमका कल्पनाकार साथै श्री साई देव साधना कुटिरका संरक्षक पुराण प्राज्ञ श्री मोहन भागीरथ ज्यूले कुटिरको नामाकरणको रहस्य पनि खोल्नु भएको थियो।आफूले बाल्यकालमा पाएको स्वामी बेदान्त केशरी महाराजको सामिप्यताले नै आज उक्त स्थानमा कुटिरको स्थापना गर्न सम्भव भएको कुरा बताउनु भयो। मानवीय जीवनमा आइपर्ने हरेक उतारचढावहरुले अन्तत: जीवनलाई सरल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो।साधना कुटिरमा आउने साधकहरु मध्ये बिदेशी सन्त पनि रहेको र सम्पूर्ण साधक ज्यूहरुले गर्दा नै कुटिरको महत्त्व बढेको कुरा प्रष्ट पार्नुभएको थियो।
करीब ४ घण्टासम्म लगातार चलेको उक्त कार्यक्रमको अन्त्य भगवान श्री सत्य साईको चरणमा आरती अर्पण गरे पश्चात् भएको थियो भने कार्यक्रमको संचालन श्री सत्य साईकेन्द्र भलामका संस्थापक अध्यक्ष श्री सूर्य सुमन थापाले गर्नुभएको थियो।














