Saturday, November 23, 2024

आजको मिति: २०८१ मंसिर ८ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
प्रधानमन्त्रीसँग कास्कीका महत्वपूर्ण विषयमा छलफल
पोखरामा “राष्ट्रिय कर दिवस” भव्य रूपमा मनाइयो
पक्राउ परे दुर्गा प्रसाई
Next
Prev

सँस्कृति जगेर्ना गर्दै पोखरा टेलिभिजन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा टेलिभिजन एन्ड मिडिया प्रा. लि. ले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव भव्य रूपमा सम्पन्न भएको छ। उत्सवको प्रमुख आकर्षण देउसी-भैलो प्रतियोगिता रहेको थियो, जसमा विभिन्न समुदायका समूहले सहभागिता जनाएका थिए। प्रतियोगितामा नेपाल मगर संघ, पोखरा नयाँ बजार समितिले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि जित्न सफल भयो।


प्रतियोगितामा मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, र गन्धर्व समुदायका समूहले देउसी-भैलो प्रस्तुत गरेका थिए। नेपाल मगर संघ नयाँ बजार समितिले आफ्नो सांस्कृतिक प्रस्तुतीकरणबाट निर्णायकहरूको मन जित्दै अवार्ड, प्रमाण पत्र र चेक प्राप्त गर्‍यो। निर्णायक समितिमा प्रजापति पराजुली, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कलाकार तारापति सुवेदी, कलाकार सरला पाण्डे, र पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु लगायत सहभागी थिए।


प्रतियोगितामा सहभागी सबै समूहलाई नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो। सहभागी समूहहरूमा नेपाल मगर संघ इकाई समिति राम बजार, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, गण्डकी प्रदेश, क्षेत्री समाज पोखरा महानगर समिति, गन्धर्व आमा समूह पोखरा १६ बाटुले चौर, नेपाल मगर संघ नयाँ बजार समिति पोखरा ८, सिद्धार्थ तमु समाज पोखरा, र गन्धर्व सारङी संरक्षण पाठशाला पोखरा २५ हेम्जा लगायतका समूहहरूले आ-आफ्ना मौलिक प्रस्तुति दिएका थिए।


कार्यक्रम उद्घाटनका क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले संस्कृतिको संरक्षणमा यस्ता उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै, पर्यटन प्रवर्धनका लागि संस्कृति र प्रकृतिको महत्त्वपूर्ण योगदान रहेको औँल्याए। त्यस्तै, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले संस्कृतिको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताए।


गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले सञ्चार माध्यमहरूले समाचार प्रसारणसँगै संस्कृति संरक्षणको महत्त्वमा योगदान दिनुपर्ने बताउँदै, पोखरा टेलिभिजनले सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले सञ्चार माध्यमहरूले संस्कृति संरक्षणमा सक्रिय हुँदा यसको प्रभाव अझ बढ्ने बताए।


कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टानका अध्यक्ष कृष्ण आचार्य, पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे लगायत विभिन्न संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसबाहेक, कार्यक्रमको आकर्षणमा १५ भन्दा बढी देशका विदेशी पर्यटकहरूको सहभागिता रह्यो।


कार्यक्रम संयोजक घनश्याम पाण्डेयले सञ्चालन गरेको उत्सवमा पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले गरेको थियो भने माउन्ट कैलाश रिसोर्ट रिसोर्ट पार्टनर र मणिपाल शिक्षण अस्पताल हस्पिटल पार्टनरका रूपमा रहेका थिए। यस उत्सवलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरूको सहयोग रहेको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist