Sunday, May 25, 2025

आजको मिति: २०८२ जेष्ठ १२ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून
Next
Prev

संगठन बलियो बनाउँदै कांग्रेस कास्की: तीन वटै क्षेत्रीय सभापतिहरुको बैठकबाट महत्त्वपूर्ण निर्णयहरू

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, कास्की — “संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन!” भन्ने भावना अनुरूप नेपाली कांग्रेस कास्कीका तीनै वटै क्षेत्रीय सभापति तथा पदाधिकारीहरुको बैठक आज शनिबार सम्पन्न भएको छ।


बैठकले कास्की जिल्लाभरीको संगठनलाई अझ शशक्त, जिम्मेवार, जनमुखी र उत्तरदायी बनाउने निर्णय गर्दै अब नियमित समन्वयात्मक बैठकहरू आयोजना गरिने जनाएको छ।


बैठकका मुख्य निर्णयहरू:


१. क्रियाशील सदस्य नवीकरण:
क्रियाशील सदस्य नवीकरणका फारमहरू सम्बन्धित वडामा पुगिसकेकाले केन्द्रले दिएको समयभित्र मातहत समिति हुँदै माग गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरियो।


२. नयाँ सदस्यता वितरणको तयारी:
नवीकरणपछि नयाँ क्रियाशील सदस्यता वितरण गरिने भएकाले त्यसको तयारीस्वरूप इच्छुक सदस्यहरूको विवरण संकलन गर्न अध्ययन समिति गठन गर्ने निर्णय लिइयो।


३. बजेटमा खबरदारी:
संघीय, प्रदेश र स्थानीय तीनै तहमा गठबन्धन सरकारद्वारा बजेट निर्माण र घोषणाको प्रक्रिया जारी रहेकाले विकासप्रेमी, जनमुखी, नागरिकमैत्री, सुशासनमैत्री तथा भ्रष्टाचारविरोधी बजेट सुनिश्चित गर्न पार्टीले निगरानी तथा खबरदारी गर्ने निर्णय गरिएको कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिए।


४. भातृसंस्था र बजेटबारे क्षेत्रीय भेला:
तत्कालीन रुपमा तीनै क्षेत्रहरूमा बजेट, क्रियाशील सदस्यता र भातृसंस्था सम्बन्धी छलफलका लागि क्षेत्रीय भेलाहरू आयोजना गरिने जानकारी कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले दिए।


५. भातृसंस्थाको विवाद समाधान:
जिल्लामा संगठन सुदृढ बनाउने क्रममा भातृसंस्थाहरूका विवाद समाधान गर्न क्षेत्रीय समितिहरू सक्रियतापूर्वक लाग्ने र छिट्टै महानगर तथा पालिका तहमा घुम्ती बैठकहरू सञ्चालन गरिने जानकारी कास्की क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशर प्रसाद निर्दोषीले दिए।


बैठकमा सहभागी पदाधिकारीहरू:


राजेन्द्रमणि लामिछाने – क्षेत्रीय सभापति, कास्की क्षेत्र नं. १


केशर प्रसाद निर्दोषी – क्षेत्रीय सभापति, कास्की क्षेत्र नं. २


मनोज गुरुङ – क्षेत्रीय सभापति, कास्की क्षेत्र नं. ३


कृष्ण प्रसाद कोईराला – सभापति, प्रदेशसभा १ (उपसभापति, कास्की १)


दिपेन्द्र मर्शानी – सभापति, प्रदेशसभा २ (उपसभापति, कास्की २; वडा अध्यक्ष, पोखरा–९)


सरोज केसी – क्षेत्रीय सचिव, कास्की १


देबकृष्ण पराजुली – क्षेत्रीय सचिव, कास्की २; वडा अध्यक्ष, पोखरा–४


भावना श्रेष्ठ – क्षेत्रीय सहसचिव, कास्की २; जनप्रतिनिधि, पोखरा महानगर


बिश्वराज आचार्य – क्षेत्रीय सहसचिव, कास्की २


ललित कुँवर – क्षेत्रीय कोषाध्यक्ष, कास्की २


बैठकले नेपाली कांग्रेस कास्कीको संगठनात्मक धारणा स्पष्ट पार्दै आगामी दिनमा अझ प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist