Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन्।


मंगलबार बिहान मन्त्री सिंहले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन अनुगमन गरेका हुन्।


मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।


‘यो ठुलो संरचना हो। यसलाई १० वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि निर्माणमा समस्या देखियो। बीचमा विभिन्न समस्याहरु आए, कोरोनाको कारणले पनि संसद भवनको निर्माण रोकिएको हो। अब यसलाई समयमै सकाउनका लागि सिफ्टहरु त बढाउनुपर्छ नि’, उनले भने, हामीले सधैँ समयमै काम सम्पन्न गर्नका लागि भनिरहेका छौं। अब हामीले आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने चाहानामा राखेका छौं। यही अनुसार काम अगाडि बढाउनुपर्यो।’


सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य भवन निर्माणको काम भइरहेको छ।


सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड रुपैयाँमा भवन निर्माणको काम अघि बढाइएको थियो। १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist