Thursday, August 14, 2025

आजको मिति: २०८२ श्रावण ३० ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

“सक्षम नेतृत्व र व्यवसायिक हकहितको पक्षमा सुजन न्यौपानेको उम्मेदवारी”

Share on facebook
Share on twitter
Share on linkedin

लेखनाथ, पोखरा — लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन (भाद्र २० र २१) नजिकिँदै गर्दा व्यवसायिक समुदायमा नयाँ नेतृत्वप्रति अपेक्षा बढ्दो छ। यसै सन्दर्भमा, अप्सन्स कल अप्सन तथा अप्सन्स सप्लायर्सका संचालक सुजन न्यौपानेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्।


“व्यवसायिक हकहितको सुनिश्चितता, सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने मूल नारासहित मैदानमा उत्रिएका न्यौपाने व्यवसायिक अनुभवसँगै सामाजिक योगदानमा समेत अगाडि देखिएका छन्। पोखरा-२७, तालचोकका स्थायी बासिन्दा न्यौपाने अध्यक्षको रूपमा तालचोक बजार व्यवस्थापन समितिमा नेतृत्व गरिसकेका छन्। साथै, उनी लेखनाथ जेसीज र रोट्रयाक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्ष समेत हुन्।


व्यवसायिक क्षेत्रमा सशक्त पहिचान बनाएका न्यौपानेले संघमार्फत व्यवसायीहरूको हकहितको सुरक्षा, नीति निर्माणमा स्पष्ट योगदान र उद्यमशीलताको प्रवर्द्धनमा जुट्ने अठोट व्यक्त गरेका छन्।


मोबाइल नम्बर ९८५६०३२२३५ मार्फत सम्पर्क गर्न सकिने न्यौपानेले भदौ २० र २१ गते हुने निर्वाचनमा आफूलाई अमूल्य मतद्वारा विजयी गराईदिन सम्पूर्ण व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेका छन्।


संघमा नवप्रवर्तनशील सोच, समावेशी नेतृत्व र जिम्मेवार सहभागिता आवश्यक रहेको वर्तमान परिवेशमा न्यौपानेको उम्मेदवारी व्यवसायी समाजमा सकारात्मक चर्चा बटुल्न सफल देखिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist