Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

सञ्चारमाध्यममा ३३प्रतिशत महिला सहभागिता हुनुपर्छ : शिक्षा मन्त्री:विद्या भट्टराई

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउँदै सो कुरामा जोड दिएकी हुन्।


मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा आयोजित ‘राजनीतिका विषयमा समाचार संकलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा मन्त्री भट्टराईले सो कुरा बताएकी हुन् । उनले सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार संकलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको बताइन्।


‘शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ । विश्व एआईमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।


नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको स्पष्ट पारिन् । उनले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको बताइन्।


प्रेस काउन्सिल नेपाल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताए । उनले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताए ।


न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताइन् । उनले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।


म्याग अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको संख कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।


हाल पत्रकार महासंघमा १८ प्रतिशत महिला क्रियाशील छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist