Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • विचार
  • विचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

सन्दर्भ मातातीर्थ औशी ममतामयी आमा !

Share on facebook
Share on twitter
Share on linkedin

✍️रबीन्द्र माकाजू
आमा शब्द सबैलाई प्यारो लाग्छ । धर्तीमा जन्मेपछि पहिलो पटक आमा शब्द उच्चारण गर्दा सबैलाई अपार आनन्द मिल्छ । शायद मातातीर्थ औँशीका दिन आमा हुनेहरूले दान, पूण्य गर्दै आमालाई स्मरण गरेको देख्दा लाग्छ – शायद उनीहरुभन्दा दुःखी यस धर्तीमा कोही छैनन् किनकी हाम्रो समाजमा आमा करुणाको, प्रेमको पर्यायवाची शब्द हो । बुबा आमा नहुनेलाई टुहुरो भन्ने गरिन्छ । अनाथ भन्ने गरिन्छ ।



वैशाख कृष्णपक्ष औशीलाई मातातीर्थका नामले सम्बोधन गर्ने गरिन्छ । अर्थात माता स्वयम् एक तीर्थ हुन् । एवं जिवित देवी हुन् । मातृस्नेहलाई ईश्वरीय वरदानका रूपमा पनि लिने गरिन्छ । संसारका हर प्राणीले आफ्ना सन्तानलाई स्नेह र प्रेम गर्ने गरेको हामी पाउँछौ । मानिस जस्तो विशिष्ट चेतनशील मनले आफ्ना सन्तान कल्याणार्थ के कति मेहनत, चिन्तन गर्दछ त्यो कसैलाई भनिरहन पर्दैन । मातालाई धर्तीसँग तुलना गरिन्छ । सहनशीलता र शहनशक्तिका दृष्टिले अनि उपकारी भावले जसरी धर्तीले अन्न उब्जाएर दिन्छ । त्यसैगरी आफ्ना सन्तानलाई लालन पालन, स्याहार संहार गर्ने हुनाले आमाहरुलाई धर्ती माता कै प्रतीक भनिएका हुन् ।



अस्पताल पुगेकी एक आमा आफ्नो जीवनको अन्त्यमा आफू मेटिएर नै किन नहोस बरु सन्तानको जन्म होस भन्ने भाव वोक्छिन् । कुनै मिठो खानेकुरा भेटिन भने आफू स्वयम् खाँदिनन्, सन्तानलाई खुवाउँछन् । सन्तानलाई खुवाउँदा जुन आनन्द र तृप्ति पाउँछिन् त्यसैलाई हरेक आमा जीवनको लक्ष्य ठान्दछिन् ।



महाभारतका आफ्ना सन्तान यत्ति प्रिय हुँदोरहेछन भन्ने एउटा दृष्टान्त महारानी द्रौपदीले दिएकी छिन् । जब उनका ५ किशोर पुत्रहरुको हत्या भयो अश्वस्थमाको हातबाट । महावली भीम आचार्य द्रौणका पुत्र अश्वस्थमाको हत्या गर्न चाहन्थे । त्यसबेला द्रौपदीले भनिन् – जुन पुत्र वियोग मैले सहनुप¥यो त्यस्तो पिडा गुरु माँले सहनु नपरोस तसर्थ यसलाई अन्य कुनै सजाय दिनु, तर मृत्युदण्ड नदिनु ।
आमाले सन्तानलाई जुन दुध पिलाईरहेको हुन्छ त्यसको श्रोत भनेको आफ्नै शरीरको रगत हो । रगतबाटै दुध बन्दछ । जब रगत प्रेममा रुपान्तरण हुन्छ तब सेतो दुध बन्दछ । कोमल हृदय नभएका आमाहरुले आफ्ना सन्तानलाई स्तनपान नगराउनुको मूल कारण पनि यही हो । तसर्थ आमाले स्तनपान मात्रै गराँउँदैनन् उच्च भावना र संस्कार पनि पिलाइरहेकी हुन्छ । आमाको जस्तो विचार र भावना हुन्छ, त्यस्तो भाव सन्तान माथि पर्छ ।


तसर्थ एउटा सन्तान राम्रो जन्माउन आमा त्यतिकै असल, सभ्य, सुसंस्कृत र शिक्षित, निरोगी हुन जरुरी हुन्छ । आमा रोगी छिन् भने सन्तान निरोगी बन्न सक्दैन । त्यसकार गर्भाधारणलाई पनि संस्कार भनिएको छ । पाण्डु, धृतराष्ट्रका जन्मकथा एउटा सानो उदाहरण पनि हो । यशोदाले कृष्ण कन्हैया प्रति देखाएको माया, ममता, वात्सल्यता विश्वमै लागि एउटा नमुना बनेको छ । यहाँका हरेक आमाहरु यशोदा बन्न चाहन्छन् ।



आमाबुबाको जति सेवा गर्ने हो जिवीत हुँदा खेरी नै हो । हुँदा राम्ररी खान लाउन नदिने, अनि मरेपछि कर्मकाण्ड गरेर देखाउने प्रवृत्ति अहिले बढ्दो मात्रामा देखिन्छ ।



वाल्यकालदेखि स्याहार संहार पढाइलेखाई दिने, विहेवारी गरिदिने, पेशा दिने, सम्पत्ति दिने, यहाँ हरेक अभिभावक वास्तवमा ईश्वरकै रूप हुन् । उनीहरुले आफूले नखाइकन, नलाइकन सम्पत्ति जोगाइदिए हाम्रा लागि । यत्रो अमूल्य जीवन दिने आँखा खोली दिने बुबाआमाका लागि सत्कर्म गर्ने फुर्सद भने धेरैलाई छैन । वास्तवमा सन्तानले बाबुआमालाई अरु केही गर्नु परेको छैन । क्षणभंगुर मानव जीवन सार्थक बनाए हुन्छ । सत्कर्मका मात्र लागे पुग्छ । शायद यही नै हरेक बाबुआमाको चाहना हुनुपर्छ ।



जसका बाबुआमा जिवित छन् उनीहरुबाट आजको पुण्यदिनले श्रद्धापूर्वक सम्झेर आर्शिवाद लिने हो । आमालाई महंगा साडी, गाडी केही चाहिएको छैन । न त सुगर निम्त्याउने महंगो मिठाइहरु नै । मात्र सत्कर्मका बाटोमा, धर्मको मार्गमा हिड्ने संकल्प सुनाए पुग्छ । असंस्कारी, अधार्मिक, अमर्यादित बाटोमा सन्तानहरु हिडेका छैनन् है भन्ने समाचार सुन्न आतुर छन् आमाबुबाहरु ।



जसका वुवा आमाहरु छैनन् उनीहरुले संस्कारका नाममा फजुल खर्च गर्नुपनि छैन । मात्र पश्चाताप गर्नुछ, हर सन्तानले । मैले समयमा तिम्रो महिमा बुझ्न सकिन । आमा तिमीलाई गुमाएँ, तिनी अहिले जिवित भएको भए मलाई कति ढाडस मिल्ने थियो । म कति खुसी हुने थिएँ ? तर जेहोस तिमी जहाँ भएपनि हामीलाई आर्शीवाद दिनुस सत्मार्गमा लाग्ने प्रेरणा प्रदान गर्नुस ।



वास्तवमा बाबुआमालाई एक दिनमात्रै सम्झने होईन । तर व्यस्तताका कारण आफूलाई जन्माउने आमाबाबुलाई पनि भुलेका हौँ । वर्षमा आज एक दिन त अवश्य सम्झन्छौ कि भनेर गुरुजनले, विद्वतवर्गले क्यालेण्डरमा मातातीर्थ औशी भनेर सम्झाएका छन् ।



आफू बेचिएर अरूका घरमा भाडा माझेर छोराछोरी डाक्टर बनाउने बाबुआमालाई अवश्य सम्झनुपर्छ । छोराछोरीले अहिले पैसा कमाए, महल बनाए, तर विचरा त्यही बुबाआमा तिनका महलमा अटाउँदैनन् । वृद्धाश्रममा पठाउँछन् । यस्तो घटना कतै आफ्नै घरमा त घटेको छैन ?


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist