Wednesday, April 30, 2025

आजको मिति: २०८२ बैशाख १७ ,बुधबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

समानान्तरकर्मी अजय क्षेत्री प्रदेश हक्की संघ गण्डकीको सचिवमा चयन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
पोखरा – प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट दिपक बहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।


नव निर्वाचित पदाधिकारीहरू
१. दिपक बहादुर थापा – अध्यक्ष
२. बल बहादुर शाही – उपाध्यक्ष
३. अजय क्षेत्री – सचिव
४. दिव्या पोख्रेल – सह-सचिव
५. यमन रसाइली – कोषाध्यक्ष
६. राजु थापा, रविकान्त आचार्य, अशोक गुरुङ र दूध प्रसाद गुरुङ – सदस्यहरू


अधिवेशनको उद्घाटन समारोहमा नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले संघको महत्व र आगामी दिनमा संघले खेल क्षेत्रको विकासमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभयो।


विशेष अतिथिका रूपमा गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारिणी सदस्य केशव पाठकले संघको सक्रियताले खेलकुदको विकास र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव निर्वाचित कार्यसमितिले आगामी दिनमा प्रदेशमा हक्की खेलकुदलाई प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist