✍️ अजय क्षेत्री
पर्बत जिल्ला कुश्मा नगरपालिका वडा नं. १४ स्थित पुरानो गाउँ निवासी र हाल पोखरा सिमलचौर निवासी, डिल बहादुर गुरुङको १०२ वर्षको उमेरमा बिहान ४ बजे भएको असामयिक निधनले श्री पन्चकोशी माध्यमिक विद्यालयको सम्पूर्ण परिवार स्तब्ध र मर्माहत भएको छ।
स्वर्गीय गुरुङले विद्यालयको कठिन परिस्थितिमा दुई कार्यकालसम्म बिद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी वहन गर्दै बिद्यालयलाई आर्थिक, भौतिक र अन्य विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण सहयोग पुर्याउनु भएको थियो। उहाँले बिद्यालयको शैक्षिक उन्नयनमा पुर्याउनु भएको योगदान सदैव सम्झनायोग्य रहनेछ।
श्री पन्चकोशी मा.वि. परिवार उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति बुद्ध भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।