Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

सराङकोटमा कफि खेति तालिम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, १४ फागुन । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेति बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेति तालिम सोमवार सम्पन्न भएको हो ।


तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको ब्राण्ड बनाउन पर्ने बताए ।


भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरें ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा उप्रयुक्त खेति भएको बताए ।


यस्तै तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान स्वयम सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरें ।


प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरें ।


वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए।


तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द सुबेदीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist