Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ ।


बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन्।


मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोरक्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो।


माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।


उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।


सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।


माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्विप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist