Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

सिटिवानको खुला तीज गित प्रतियोगीतामा ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधी हात

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीज गित प्रतियोगीताको उपाधी मेट्रोपोलिटान एकेडेमीले हात पारेको छ । सहभागी ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधी हात पारेको हो ।


प्रतियोगीतामा द्वित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार राष्ट्रिय मावी पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो । विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार, २० हजार र १० हजार प्राप्त गरे ।


प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।


“तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए ।


सहभागी समुहहरुले महिला शसक्तिकरण, महिला हिसां, पर्यटन प्रवर्धन, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक विषयमा गीत गाएका थिए ।


गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए ।


उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए ।


प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए । कार्यक्रममा रमाइलो तिज प्रतियोगीता सँगै दर्पण मोहीले सहभागी टोलीलाई दर खुवाएको थियो ।


यस्तै मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अन्य व्यवसायिक प्रतिष्ठानहरुले स्टलहरुसमेत लगाएका थिए ।


प्रतियोगीताको समापन सत्रका प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले तीजलाई सभ्य रुपमा मनाउनुपर्ने बताए ।


उनले तीजको अवसरमा आएका विभिन्न विकृतिहरुलाई नारीशक्तिले हटाउन सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो समय सांस्कृती चार्डहरूमा विकृती आउन थालेको भन्दै सबै सचेत वन्नु पर्ने बताएका थिए ।


कार्यक्रममा प्रतियोगीता संयोजक तथा टेलिभिजन व्यवस्थापन बोर्डका उपाध्यक्ष चिनु गुरुङले प्रतियोगीतामा सहभागी टिमलाई शुभकामना दिदै महिला दिदिवहिनीसहित विभिन्न संघ संस्थाहरुको साथ पाएको प्रति खुशी व्यक्त गरिन् ।


उनले आगामी वर्ष पनि तीज गीत प्रतियोगीता आयोजना गर्ने बताउँदै आगामी वर्ष थप व्यस्थित बनाउँदै लैजाने बताईन् ।


प्रतियोगीताको समापन समारोहमा सिटीवान टेलिभीजनका अध्यक्ष पवनकुमार प्रजापतीले सिटिवान टेलिभिजनले प्रत्येक वर्ष तीज गीत प्रतियोगीता गर्दै आएको बताउँदै समाजमा भईरहेका घटना परिघटनाको सन्देश घरघरमा पुर्याउनुका साथै संस्कृति संरक्षणमा जोड दिदै आएको बताए ।


टेलिभिजनका अध्यक्ष पवन प्रजापतिको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रमको संचालन टेलिभिजनका प्रवन्द्ध निर्देशक अनिशा श्रेष्ठ, बजार व्यस्थापक सरला त्रिपाठी भण्डारी, टेक्निसिएन तथा कार्यक्रम सञ्चालिका रीमा शाही ठकुरी र आशामाया मगरले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist