Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
नविन माविमा जि एण्ड के एजुकेशनद्धारा पोशाक वितरण
Next
Prev

सिनेमाको विकासका लागि ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

लमजुङ, घलेगाउँ – नेपाली चलचित्र क्षेत्रको सुधार र सम्भावनाका विषयमा गहिरो छलफल गर्न चलचित्र पत्रकार संघ कास्कीले लमजुङ जिल्लाको पर्यटकीय गन्तव्य घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले चलचित्र क्षेत्रका विभिन्न सरोकारवालाबीच विचार आदान-प्रदान गर्ने अवसर प्रदान गरेको छ।


शनिबार सम्पन्न कार्यक्रमलाई चारवटा सत्रमा विभाजन गरिएको थियो, जसमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती, लेखक विकास सुवेदी, संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा, निर्देशक प्रकाश सपुत, कलाकार महेश त्रिपाठी, डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने लगायतले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा आफ्नो धारणा व्यक्त गरे।


आदिवासी र सीमान्तकृतको स्वर सिनेमामा


कार्यक्रमको पहिलो सत्र ‘सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर’ मा निर्देशक नवीन सुब्बा, विश्लेषक आहुति, कलाकार आशा मगराती र लेखक विकास सुवेदीबीच गहिरो छलफल भयो। उनीहरूले नेपाली सिनेमामा आदिवासी तथा सीमान्तकृत समुदायको कथावस्तु अपेक्षाकृत रूपमा नसमेटिएको र यसको मुख्य कारण जातीय मात्र नभई वर्गीय संरचना पनि भएको उल्लेख गरे।


निर्देशक सुब्बाले सिनेमाको संरचनासँग सम्झौता गर्न नहुने र मौलिक कथालाई प्राथमिकता दिनुपर्ने बताए। कलाकार आशा मगरातीले चलचित्रमा दलित तथा महिलाको चित्रण अझै गहिराइमा अध्ययन गरी गर्नुपर्ने धारणा व्यक्त गरिन्।


संगीतमा मौलिकता बनाम आधुनिकता


दोस्रो सत्र ‘सिनेमामा संगीत – कति मौलिक, कति आधुनिक?’ मा संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र निर्देशक तथा गायक प्रकाश सपुतबीच संवाद भयो। वरिष्ठ संगीतकार बास्कोटाले गीत-संगीतको मौलिकता हराउँदै गएको र आधुनिकतासँग सन्तुलन राख्नुपर्ने बताए।


बसन्त सापकोटाले गीत-संगीत कथासँग सिङ्गो रूपमा जोडिनुपर्ने विचार व्यक्त गरे भने प्रकाश सपुतले मौलिक कथामा आधारित चलचित्र निर्माण भए मात्र संगीत पनि मौलिक बन्ने तर्क राखे।


सिनेमा र प्रविधिको सम्बन्ध


तेस्रो सत्रमा ‘रिलदेखि एआईसम्म’ विषयमा अभिनेत्री करिश्मा मानन्धर, कलाकार महेश त्रिपाठी र डिजाइनर अनिल न्यौपानेबीच प्रविधि र सिनेमाको सम्बन्धबारे छलफल भयो। करिश्मा मानन्धरले एआईलाई आत्माविहीन फूलको संज्ञा दिँदै यसको सीमितताबारे प्रस्ट पारिन् भने अन्य वक्ताहरूले समयअनुसार प्रविधिलाई आत्मसात् गर्दै जानुपर्ने धारणा राखे।


चलचित्र नीति र यसको भविष्य


अन्तिम सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीबीच चलचित्र नीति र यसको कार्यान्वयनबारे छलफल भयो। अध्यक्ष डिसीले छिट्टै नयाँ चलचित्र ऐन लागू गरिने जानकारी गराउँदै बक्स अफिस प्रणाली व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे।


चलचित्र पत्रकार संघ कास्कीका कार्यबाहक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सन्तोष बस्यालले सञ्चालन गरेका थिए। यसअघि कास्कीका पर्यटकीय स्थल घान्द्रुक र सिक्लेसमा पनि ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भइसकेको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist