✍️अजय क्षेत्री
पोखरा महानगरपालिका वडा न:१८ घर भई हाल वडा नं:२९भण्डारढिक बस्दै आएकि लिटिल गार्डेन मन्टेश्वरीमा अध्ययनरत ५ बर्षिय छात्रा स्मारिका थापा ब्लड क्यान्सर जस्तो घातक रोगको कारण काठमाडौको सिभिल हस्पिटलमा जिबन मृत्यु सङ्ग लडिरहेकि छिन ।

पारिवारिको आर्थिक अवस्था ज्यादै कम छ उपचार गर्ने केहि श्रोत पनि छैन परिवार सहयोगी हातहरु अगाडि बडाउदै हिडिरेको अवस्थामा लिटिल गार्डेन मन्टेश्वरीका संस्थापक अध्यक्ष रितु पाैडेलको संयोजकत्वमा १०२जना सहयोगी दाताहरुले एक लाख सन्ताउन्न हजार रुपैया पहिलो चरणमा उठेको र स्मारिकाका बुवा देवबहादुर थापालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

रितु पाैडेलले “यो पहिलो चरणको सहयोग हो हामी दोस्रो चरणको सहयोगमा जुटेका छाै हजुरहरुको सहयोग साथ को अपेक्षा गर्दछौं” बताउनुभयो।