✍️ विवेक न्याैपाने
काठमाडौं – लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम “सीआईडी” का प्रशंसकहरूका लागि खुसीको खबर आएको छ। सोनी इन्टरटेनमेन्टले सीआईडीको नयाँ सिजनको प्रोमो भोलि सार्वजनिक गर्ने घोषणा गरेको छ।
सस्पेन्स, थ्रिल र क्राइमको कथा प्रस्तुत गर्ने यस शोले धेरै दर्शकहरूलाई आकर्षित गरेको थियो र यसको नयाँ सिजनको प्रतिक्षा गर्दै आएका दर्शकहरूका लागि यो समाचार विशेष महत्त्वपूर्ण बनेको छ। प्रोमो सार्वजनिक भएपछि नयाँ सिजन कहिले प्रसारण हुन्छ भन्ने बारे थप जानकारी प्राप्त हुनेछ।
सीआईडीको यस नयाँ सिजनले दर्शकहरूलाई नयाँ शैली र रहस्यका साथ मनोरञ्जन दिने अपेक्षा गरिएको छ।