Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा भव्यताका साथ सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौँ । ग्रेट नटराज फिल्म्स प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा भव्यताका साथ सम्पन्न भएको छ । आयोजक प्रशान्त कुमार आग्री,मदन गजमेरका अनुसार स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानाडामा सम्पन्न गर्नुले ठुलो अर्थ राखेको बताएका छन । नेपाली सांगीतिक र कलाकारीता क्षेत्रमा थप टेवा पुगेको उनीहरुले संयुक्त रुपमा बताएका छन । ठुलो समुहमा गएका कलाकारहरुको सांगीतिक प्रस्तुतिले तहल्का पिटेका थिए भने स्वदेशमा पनि कमै मात्रमा यतिको भव्य कार्यक्रम हुने गरेको उपस्थित दर्शकहरुको भनाइ छ ।


ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीसहित सम्पन्न भएको उक्त कार्यक्रम बिदेशमा हुने अवार्ड कार्यक्रमहरु मध्येकै उत्कृष्ट रहेको सहभागीहरुले बताएका छन । गायिका टिका पुन, निर्देशक गन्भिर विष्ट, मोडल सुधिर श्रेष्ठ, कोरियोग्राफअर नविनराज गहतराज,निर्देशक उज्ज्वल केसी तथा टप ५ मा पर्न सफल कलाकारहरुको बेजोड प्र्स्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।


टप ५ मा पर्न सफल प्रतिस्पर्धीहरुमध्येबाट गम्भिर विष्ट- सर्वोत्कृष्ट निर्देशक- चस्मा, स्‍मृति शाही, सर्वोत्कृष्ट गायिका – रेलको बाटो, शुवल थापा- सर्वोत्कृष्ट निर्देशक- दाइको साली, सुरेन बस्याल-सुतारी, नविन निरौला- सर्वोत्कृष्ट भिडियो सम्पादक- छुनु मुनु, मान सिंह खडका- सर्वोत्कृष्ट गायक- प्यारो मान्छे, सुस्मा अधिकारी- सर्वोत्कृष्ट मोडल – साथमा, सुधिर श्रेष्ठ-सर्वोत्कृष्ट मोडल- माया बस्ला बस्ला, खेम ओली- सर्वोत्कृष्ट गायक- बेलाको पात, रोशन श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- लाहुरे सिपाही, हेरुका लामा- सर्वोत्कृष्ट कोरियोग्राफर- चम चम, प्रकाश श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- मेरो जीवन तिमी हौ, मनोज विक – सर्वोत्कृष्ट कोरियोग्राफर – जाले रुमाल, अनिल थापा सर्वोत्कृष्ट मोडल, प्रेम कुमार भारती – सर्वोत्कृष्ट गायक- पिरतिको खेती, बसन्ता राइ – बेबी बसन्त सिङगर, रोशन केसी -मोडल – जुम्ला, दिपास बिसी- सर्वोत्कृष्ट मोडल- निलो पटुकी, ध्रुव पुन मगर – सल्लेरीना सालले अवार्ड हात पारे ।


कार्यक्रमको सञ्चालन भने नरेश भट्टराइले गरेका थिए । ग्रेट नटराज फिल्म्स प्रा.लिका अध्यक्ष अशोक बिकले सम्पूर्ण सहभागी दर्शकहरुलाई धन्य्वाद ज्ञापन गरेका छन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist