Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

स्मार्ट लुब्रिकेन्टस गौरादह -६ झापाको दोस्रो डिलर कन्फ्रेन्स पोखरामा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने


स्मार्ट लुब्रिकेन्टस प्रा.लि गौरादह -६ झापाको को पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न
पश्चात स्वदेशी व्रान्ड स्मार्टले देशभरबाट सहभागी डिलर र तिनका प्रतिनिधीको उपस्थितीमा दोस्रो डिलर कन्फ्रेन्स पोखरामा सम्पन्न भएको छ ।


बिगत १४ बर्षदेखी लुब्रिकेन्टस् व्यवसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् ।
आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैरहेको छ ।


झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि तथा जय अम्बे ट्रेड‌ कन्सर्नका संचालक साथै नाडा प्रदेश नम्बर २ का पुर्व अध्यक्ष सन्तोष शाहले नेपालमै उत्पादन गरी अन्तर्राष्ट्रिय गुणस्तर र उत्पादनसँग प्रतिस्पर्धा गर्दै स्थापनाको २ वर्षमै आक्रामक व्यापार गर्न सफल भएकाे बताए।


साथै विशेष अतिथि विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराईलीले गुणस्तरमा सम्झौता नगर्न कंपनीलाई आग्रह साथै आफुले सक्दो सहयोग गर्ने समेत बताएका थिए।


स्मार्ट लुब्रिकेन्टस गौरादह -६ झापाको अध्यक्ष रूपनारायण बराईलीले कंपनीको कामप्रति आफुलाई चित बुझेको र भावी दिनमा अझै प्रगतिको शुभकामना व्यक्त गरे ।


उत्पादनको पहिलो वर्षमै गुणस्तरीय उत्पादन ग्राहकहरुमा बितरण गरेका कारण देशै भरिबाट माग बढी रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन बराईलीले बताए।


कार्यक्रमको स्वागत मन्तव्य कंपनीका संचालक प्रभु शाह शंकरले साथै कार्यक्रमको संचालन कंपनीका संचालक त्रिलोचन लामिछानेले गरे ।


कम्पनीले कार्यक्रम पश्चात सम्पूर्ण डिलर तथा शेयर होल्डरहरुलाई तालबराही मन्दिर,पुम्दीकोट महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा,शान्ति स्तूपा,विन्दवासीनी देवीको दर्शन गराएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist