Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

स्मृति पटलमा चेतन कार्की

Share on facebook
Share on twitter
Share on linkedin

✍️रवीन्द्र माकाजू
हिमाली सांस्कृतिक परिवारका संस्थापक, वरिष्ठ चलचित्रकर्मी कवि एवं साहित्यकार चेतन कार्कीको दोस्रो पुण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गर्न लागेकोमा आयोजक हिमाली सांस्कृतिक परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।



मैले चेतन कार्कीलाई २०४० सालदेखि चिनेको हुँ । २०४० साल वैशाख ८ गते रामनवमीका दिन पोखरामा हिन्दु सम्मेलनको आयोजना गरिएको थियो । एउटा भजन राख्दा राम्रो हुन्छ भन्ठानेर भजनगायक प्रज्ञारत्न बज्राचार्य कहाँ गइयो । उनले भने– कुन भजन गाउने ? मैले भनेँ– कुनै नयाँ भजन । ए उसो भए म चेतना कार्कीलाई भन्छु । उनले लेखिदेलान् । नभन्दै प्रज्ञारत्नले हिन्दु सम्मेलनमा भजन गाए । चेतन कार्कीकै भावुक शब्द थियो ।



भगवान्, भगवान् देऊ मलाई यही परम ज्ञान
धरतीका सब प्राणीहरूको गर्न सकूँ कल्याण ।


यो मेरो हो त्यो तेरो भन्ने भावले मन यो खिन्न नहोस्
देख्न सकूँ एउटै सबलाई यो आफ्नु त्यो भिन्न नहोस्
सबको भलाई गर्दा गर्दै जावस् मेरो जीवन ज्यान
धरतीका सब प्राणीहरूको गर्न सकूँ कल्याण ।


पापको बाटो लाग्नेहरूलाई धर्मतिर लगाउन सकूँ
दोषलाई त्यागी गुणलाई लिने सद्बुद्धि म पाउन सकूँ
पाउमा तिम्रो लागोस् मेरो अन्त समय तक चिन्तन ध्यान
धरतीका सब प्राणीहरूको गर्न सकूँ कल्याण ।


केहीपल केही क्षण केहीदिन मेरो बिन्ति छ प्रभु व्यर्थ नहोस्
लागोस जीवन के गर्नु छ जसको कुनै पनि अर्थ नहोस्
सार्थक जीवन बाँच्न सकौं गर्दै प्रभुको आदरमान
धरतीका सब प्राणीहरूको गर्न सकूँ कल्याण ।


भगवान्, भगवान् देऊ मलाई यही परम ज्ञान
धरतीका सब प्राणीहरूको गर्न सकूँ कल्याण ।
यो भजन देखेर कार्कीजी प्रति मेरो श्रद्धा र सम्मान दुवै बढ्यो । त्यसपछि नगिजबाट चिन्ने मौका पाएँ । सायद ०४०÷४१ सालतिर कान्छी भन्ने फिल्म बनेको थियो । प्रज्ञारत्न पनि कलाकार बने । निर्देशक थिए चेतन कार्की । उनले कान्छी फिल्मका लागि गीत लेखे–


कान्छी हो कान्छी
आजभन्दा करिब ८४ वर्ष अगाडि भारतको देहरादूनमा चेतन कार्की जन्मिएका रहेछन् । बहुप्रतिभाशाली व्यक्ति । उनको सामान्य पढाई देहरादूनमा भएको थियो भने हिन्दी साहित्यमा उनले एम.ए. पास गरेका । उनी नेपाली, संस्कृत, हिन्दी, उर्दू साहित्यका ज्ञाता । उनले केही वर्ष पोखरालाई कर्मथलो बनाए । उनी २०१८ सालदेखि २०२५ सालसम्म कृषि विभाग मत्स्य शाखामा अधिकृत थिए । सायद यही बेला उनको संगत कवि भूपि शेरचन, नारायणगोपालसँग हुने गर्दथ्यो । उनले लेखेको गीत बुझ्नै सकेनौ तिमीले आँखाका भाकाहरु
हजार अर्थ अरूले लाएर के गरुँ ? नारायणगोपालले गाइदिए । यस गीतले कार्की र नारायणगोपाललाई झनै चर्चित बनाइदियो । कार्की पोखरामा हुँदा कवि कलाकारसँग भेट भइरहन्थ्यो । उनी आफ्नो जन्मघर आरुखर्क जाँदा गाउँलेहरू भेला हुन्थे । नाँचगान चल्थ्यो । उनी जहिले पनि टेप रेकर्डर लिएर जान्थे । गाउँका गीतहरुको भाका टिप्ने, बोल टिप्ने गर्दथे ।



पोखराका पूर्व शिक्षक, कलाकार विश्वेश्वर पराजुली कवि चेतन कार्कीको स्मरण गर्दै भन्दछन्– २०२२।२३ सालतिर बाराही स्कुलले कार्कीलाई विशेष अतिथिका रूपमा बोलाउँदा कार्कीजी कविताका साथै गीत पनि गाउने गर्दथे । उनले हिरासिंह खत्रीसँग मिलेर आमा, हिजो आज भोलि, परिवर्तनमा काम गरेका थिए भने कान्छी, विश्वास, भुमरी जस्ता सिनेमामा निर्देशन गरेका थिए ।



सिन्दुर, मनको बाँध, जीवनरेखा फिल्ममा संलग्न कार्की सबल र सक्षम फिल्म निर्देशक पनि हुन् । साथै उनले पटकथा, सम्वाद, गीत लेखिदिने गर्दथे । उनका आत्मा बेचेको छैन, हनिमुन, बसिबियालो, ढलेको गिलास जस्ता बहुमूल्य पुस्तक प्रकाशित छन् । उनका बैनीको दया छ भने दाइ नाचे नभने, तीजको रहर आयो बरिलै (कन्यादान) का गीतहरु कालजयी गीतका रूपमा स्थापित छन् ।



माछा विशेषज्ञ, सिनेमा निर्देशक, पूर्व शिक्षक, कुशल फुटबल खेलाडी, साहित्यकार, सरकारी कर्मचारी भै जीवन व्यतित गरेका कार्की सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार लगायत थुपै्र मान पदवी सम्मानबाट सुसज्जित थिए । यसरी उनी नेपाली भाषा, कला, संस्कृतिको सेवा र साधना गर्दागर्दै वि.सं. २०७८ साल जेष्ठ २ गते यस धर्तीबाट अस्ताए पनि साधनाको कारण अजर अमर भएर बाँचिरहेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist