✍️ विशाल न्यौपाने
स्याङ्जाली सम्पर्क समाज-पोखरा, कास्की
नववर्ष २०८० को शुभकामना आदान प्रदान, क्यालेन्डर बिमाेचन तथा अक्षयकोष शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सिता सुन्दासले २०८० सालको शुभकामना दिदै स्याङ्जाली सम्पर्क समाज-पोखरा, कास्कीलाई सहयोग गर्ने बताउनुभयो।
संस्थापक अध्यक्ष राम प्रसाद क्षेष्ठले स्याङ्जाली को पहिचान उजागर गर्ने उद्देश्यले क्यालेन्डर बिमाेचन गरियको हो। स्याङ्जाको धार्मिक तथा सांस्कृतिक स्थलहरूको बारेमा जानकारी क्यालेन्डरमा उल्लेख गरिएको छ। यदि अरूलाई नराम्रो गरियन भने आफुलाई पनि नराम्रो हुदैन। त्यसैले सबैलाई राम्रो गरौ सबै राम्रो हुन्छ भन्ने
बताउनुभयो ।
कार्यक्रमका सभा अध्यक्ष एवं संस्थाका अध्यक्ष तारा गौतम सुनारले स्याङ्जा बाट पोखरा आयर बसोबास गर्ने मानिसहरूको समुह स्याङ्जाली सम्पर्क समाज-पोखरा, कास्की हो।अक्षयकोष शुभारम्भ गर्ने सबैलाई घन्यवाद व्यक्त गर्नुभएको हाे।
वरिष्ठ उपाध्यक्ष- धर्म राज अर्याल स्याङ्जाली मनहरुको हौसला बढाउने, स्याङ्जाली मनहरुलाई जोडने उद्देश्य यो संस्था स्थापना गरिएको हो। स्याङ्जाको धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण गर्ने उद्देश्यले सस्थको स्थापना गरिएको हो।