पोखरा — स्वतन्त्र विद्यार्थी युनियनको नाममा शिक्षण संस्थाहरूमा राजनीतिक पार्टीहरूले गर्दै आएको दादागिरि, आतंक र निषेधको विरुद्धमा संसद भवनभित्र केही सांसदहरूले प्रतिवादको स्वर उठाएका छन्। यसै क्रममा पृथ्वीनारायण क्याम्पसका सचेत विद्यार्थीहरूले पनि शिक्षालयलाई राजनीतिक अखडा बनाउने प्रयासलाई अन्त्य गर्न आह्वान गरेका छन्।
“शिक्षण संस्थामा दलिय खजाना डढ्ने गरी अब हामी पनि आगो बाल्नुपर्छ,” विद्यार्थीहरूको आवाजलाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार बिप्लवी न्यौपानेको पक्षमा समर्थनको आग्रह गरिएको छ। स्थगित चुनाव सुचारु हुने बित्तिकै स्वतन्त्र रूपमा उठेका उम्मेदवारलाई मतदान गरेर दादागिरिको साम्राज्यमा डढेलो लगाउन विद्यार्थीहरू तत्पर छन्।
बिप्लवी न्यौपानेको नेतृत्वमा विद्यार्थीहरू स्वतन्त्रता र न्यायको आवाज बुलन्द पार्दैछन्। उनीहरूका अनुसार शिक्षण संस्थाहरूमा राजनीति होइन, ज्ञान र सीपको विकास हुनुपर्छ। यसले राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै शैक्षिक क्षेत्रलाई स्वच्छ, स्वतन्त्र र अनुशासित बनाउने विश्वास गरिएको छ।
विद्यार्थीहरूको यो चेतनाले पृथ्वीनारायण क्याम्पसमा नयाँ बहसको सुरुवात गरेको छ। यसले आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा चासोको विषय बनेको छ।