Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

हेमजा हिले महोत्सवको तयारी तीव्र

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


असार ९, हेमजा । राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ। । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताए ।


“कृषिमा कृषकलाई पोत्साहन विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ ।


प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताईन ।


महोत्सव तयारीस्वरुप महोत्सवस्थल वरपर ,विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समुह,चापाकोट टोल विकास संस्था , महिला संञ्जाल स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेत नारायण तिम्सिनाले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist