✍️ सागर गिरी
पोखरा, अमरसिंह चौरमा १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गतेसम्म आयोजना हुने भएको छ। महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि ३० वटा उपसमिति गठन गरिएको छ। महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको हो।
प्रमुख उपसमिति संयोजकहरू :
कार्य सम्पादन उपसमिति: राजु श्रेष्ठ
अतिथि व्यवस्थापन उपसमिति: हिमालय बख्रेल
सचिवालय उपसमिति: सुक बहादुर गुरुङ
अनुगमन उपसमिति: लालकाजी गुरुङ
कलाकार व्यवस्थापन उपसमिति: गणेश तिमिल्सिना
प्रायोजक व्यवस्थापन उपसमिति: शान्त बहादुर थापा
सुरक्षा व्यवस्थापन उपसमिति: सूर्य बहादुर बानियाँ
प्रचार प्रसार उपसमिति: दिनेश सुनार
अर्थ तथा स्टल व्यवस्थापन उपसमिति: जयराम आचार्य
ट्राफिक व्यवस्थापन उपसमिति: सन्तोष कार्की
अन्य व्यवस्थापन उपसमितिहरू:
खानेपानी व्यवस्थापन उपसमिति: पदम बहादुर कार्की
मायाको चिनो व्यवस्थापन उपसमिति: शान्ति सुवेदी
विद्युतिय सुरक्षा व्यवस्थापन उपसमिति: बुद्ध कार्की
खाना तथा खाजा व्यवस्थापन उपसमिति: गणेश खड्का
सरसफाइ तथा फोहोरमैला व्यवस्थापन उपसमिति: सुरेश थापा
स्वास्थ्य उपसमिति: नरहरि पनेरु
पर्यटन प्रवर्द्धन व्यवस्थापन उपसमिति: गोविन्द घिमिरे
सल्लाहकार समिति :
महोत्सवको सल्लाहकारमा पोखरा महानगरपालिकाका विभिन्न वडाका अध्यक्षसहित स्थानीय तथा क्षेत्रीय व्यक्तित्वहरूलाई चयन गरिएको छ। सल्लाहकारमा सेती थापा, विश्व प्रकाश लामिछाने, प्रेमछिरी शेर्पा, लिला बहादुर जीसी, सन्तोष बास्तोला, राजेश गुरुङ, किरण बराल, र अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरू रहेका छन्।
पोखरा महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, र स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्नु हो। महोत्सवले पोखराको सौन्दर्य र सांस्कृतिक विविधतालाई उजागर गर्न विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।