✍️ अजय क्षेत्री
पोखरा- द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१०, बुद्धचोकद्वारा आयोजित १५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले गर्नुभएको थियो भने गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभयो। नेफस्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज सुरज चालिसेज्यूको विशेष आतिथ्यता र नेफस्कूनका अनुगमन तथा कार्यक्रम अधिकृत मनोज खड्काको आतिथ्यतामा विभिन्न ७ सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको हाे ।
प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले सहकारीहरु धरासायी भईरहेको बेला पनि सहकारीलाई राम्रो तबरबाट सन्चालन गरेकाे र दैनिक बचत पनि उचित व्यवस्थापन गरेकोमा संस्थाकाे प्रशंसा गर्नुभएको हाे ।
नेफस्कून पोखरा फिल्ड कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यशालाले सहकारी संस्थाहरूको व्यवस्थापन दक्षता र कार्यकुशलता वृद्धि गर्ने उद्देश्य पूरा गरेको छ।
कार्यक्रमको अन्त्यमा कर्वस गण्डकी समूहले आगामी १६औं PALM Workshop को आयोजनाका लागि श्री ऋद्धिसिद्धि सहकारी संस्था–वालिङलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। अध्यक्ष गुरुङज्यूले औपचारिक रूपमा कार्यक्रम समापन गर्दै सहभागीहरूको उत्साहप्रति धन्यवाद व्यक्त गर्नुभयो।