Wednesday, February 5, 2025

आजको मिति: २०८१ माघ २३ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

२५६७ औं बुद्ध जयन्तीको अवसरमा याङ्जाकाेटमा बैशाख पुर्णिमा मेला हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️विवेक न्याैपाने
याङजाकाेटमा बैशाख २१ देखि ३ दिन सम्म २५६७ औं बुद्धजयन्ती मेला हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराईयाे ।


याङ्जाकाेट मिलन युवा क्लब मादी गाउँपालिका वडा नं ३ का अध्यक्ष विकास गुरूङले प्रेस विज्ञप्ति मार्फत सबैलाई निमन्त्रणा गर्नु भएको हाे ।


याङ्जाकाेट गाउँ दुधपाेखरी जाने मार्गको प्रमुख द्वार हाे र याे सिक्लेस ईकाेरूट अन्तर्गत पर्ने भएको बाहय पर्यटनहरूकाे पनि राम्रो सहभागिता रहदै आएकाे छ ।धार्मिक साँस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपुर्ण ठाउँ भएकाले यस ठाउँ पर्यटकीय प्रचुर सम्भावना बोकेको छ ।


उक्त मेलामा भलिबल, बास्केटबल,नाँच,छेलाे, रस्साकस्सी, महिला कुर्सी खेल साथै म्याराथन कार्यक्रमहरु हुनेछन ।


भलिबल(वडा स्तरिय) र बास्केटबल(खुला) प्रतियोगिताकाे प्रथम र दितिया पुरस्कार क्रमशः १ लाख १ हजार १११ र ५५ हजार ५०५ हुनेछ साथै नृत्य प्रतियोगिता प्रथम र दितिया पुरस्कार क्रमशः ५० हजार र ३० हजार हुनेछ । छेलाे प्रतियोगिताको प्रथम र दितिया पुरस्कार क्रमशः २५ हजार र १५ हजार हुनेछ ।रस्साकस्सी प्रतियोगिताको प्रथम र दितिया पुरस्कार क्रमशः १५ हजार र १० हजार हुनेछ ।महिला कुर्सी खेल प्रतियोगिताको प्रथम र दितिया पुरस्कार क्रमशः ५ हजार र ३ हजार हुनेछ ।१५ किमी म्याराथन दाैडकाे प्रथम र दितिया र तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार रहनेछ ।


उक्त मेलाका लागि ११ वटा हाेमस्टे, १ वटा हाेटल र सामुदायिक भवन समेतमा सेवा सुविधा दिनेछ ।उक्त कार्यक्रमको खर्च व्यवस्थापन याङ्जाकाेट मिलन क्लब युकेले गर्नेछभने मादी गाउँपालिकाकाे २ लाख सहयोग रहनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist