✍️ दिपेन्द्र कुमार केसी
इसापूर्व चौथो सताब्दी तिर तात्कालिन तिलौराकोट राज्यका शाक्यवंशिय राजा पिता सुद्दोदन र माता माँया देविको कोखवाट नेपालको लुम्विनिमा जन्म लिनु भएका सिद्दार्थ गौतम मानिस दु:खित हुने कारण र यसको निवारणको मार्गको खोजिमा राजसी सुख सुविधा त्यागि २९ वर्षको उमेरमा महान तपस्याको लागि गृहत्याग गर्नुभयो।
विभिन्न स्थानहरुमा भौंतारिदा भौंतारिदै वहाँले भारतको बोधगया भन्ने स्थानमा पुगि एक पिपलको वृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दै गर्दा अन्तत: बुद्धत्व प्राप्त गरि यो साम्सारीक दु:खको जड पत्ता लगाउनु भयो, त्यो थियो “मानिस स्वयं आफै”। यसरि बुद्धत्व प्राप्त गरिसके पछि वहाँ सिद्वार्थ गौतमवाट गौतम बुद्धको रुपमा स्थापित हुनु भयो।.
वहाँका सत्मार्ग, अहिंसा, विश्व शान्ति जस्ता महान प्रयोगिक विचारहरुलाई अवलम्बन गर्ने नेपाल लगायत विश्व भरिका सम्पुर्ण बौद्ध धर्मालम्वीहरु आफ्ना धर्मका पर्वतक गौतम बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाको तिथीमा परेकोले भावपूर्ण श्रद्धा प्रकट गर्दै भक्ती भावका साथ बुद्ध जयन्ती मनाउने गर्दछन् ।
यता हिन्दु पुराणहरुमा पनि गौतम बुद्धलाई भगवान विष्णुका दश अवतारहरु मध्येका एक अवतारको रुपमा प्रस्तुत गरेको पाइन्छ। यसै सन्दर्भमा २५६९औं बुद्ध जयन्तिको शुभकामना प्रदान गर्दै हाम्रो धार्मिक सहिष्णुता तथा विश्व शान्ति निरन्तर कायम रहि रहोस भन्ने अपेक्षा राख्दछु।