नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ आगामी भदौ ८ देखि १० गतेसम्म पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा भव्य रूपमा आयोजना हुने भएको छ। संस्थाको २९ औं वार्षिक समारोहसँगै तीज पर्वको अवसरमा आयोजना गरिने यस महोत्सवले संस्कृति संरक्षण र खेलकुद प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संस्थाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने नाराका साथ महोत्सवको निरन्तरता दिइएको जानकारी दिए।
प्रमुख आकर्षणहरू:
लामाचौर कप भलिबल प्रतियोगिता
पुरुषतर्फ विजेता: रु. ३ लाख उपविजेता: रु. १ लाख ५० हजार
सर्वोत्कृष्ट खेलाडी: रु. १० हजार
अन्तर मावि छात्रा तर्फ विजेता: रु. १ लाख उपविजेता: रु. ५० हजार
सर्वोत्कृष्ट खेलाडी: रु. ५ हजार
उत्कृष्ट विधामा विशेष आकर्षण पुरस्कार
तीज गीत प्रतियोगिता
प्रथम: रु. ५० हजार
दोस्रो: रु. ३० हजार
तेस्रो: रु. २० हजार
सान्त्वना: रु. १० हजार र सहभागी टिमलाई प्रोत्साहनस्वरूप रु. २ हजार
अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता
प्रथम: रु. ४० हजार
दोस्रो: रु. २५ हजार
तेस्रो: रु. १५ हजार
तीनवटा सान्त्वना टिम
उत्कृष्ट भेषभूषालाई: रु. ५ हजार
महोत्सवमा ५० वटा औद्योगिक तथा व्यापारिक स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारहरूको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रमहरू रहनेछन्।
कलाकारहरूको प्रस्तुति:
लोकदोहोरी कलाकार प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायत चर्चित कलाकारहरू महोत्सवमा प्रस्तुत हुनेछन्।
लगानी र सहयोग:
कार्यक्रम संचालन गर्न अनुमानित लागत करिब ४५ लाख रुपैयाँ लाग्ने आयोजकको भनाइ छ। बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोषमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक दिलबहादुर थापाले जानकारी दिए।
मुख्य प्रायोजन डिसहोम फाइबर नेटले गरेका छन् भने, खुला भलिबलतर्फ हिमश्री फुड्स प्रालिको ‘रारा चाउचाउ’ र अन्तर मावि छात्रा भलिबलतर्फ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले टाइटल स्पोन्सर गरेका छन्।
महोत्सवका संरक्षक पोखरा महानगरपालिका वडा नं. १९ र १६ रहेका छन्। प्रमोटर संस्थाहरूमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा–प्रतिष्ठान रहेका छन्।
यसैबीच लामाचौरको सरस्वती आदर्श विद्याश्रमले आयोजकलाई रु. १० हजार सहयोग गरेको छ। विद्यालयका प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रम अध्यक्षता इ. दिनेश भण्डारीले गरेका थिए भने स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बानियाँले गरेकी थिइन्। कार्यक्रमलाई सफल बनाउन सबै सञ्चारकर्मीको सहयोग अपेक्षित गरिएको आयोजकले जनाएको छ।