Friday, July 11, 2025

आजको मिति: २०८२ असार २७ ,शुक्रबार

  • प्रवास
  • खेलकुद
  • प्रवास
  • खेलकुद
  Latest
आम जनता पार्टीको संगठनात्मक बैठक सम्पन्न
Next
Prev

७औं लखन थापा मगर स्मृति भलिबल कप अगस्ट २ तारिखमा क्यानडाको ब्र्याम्पटनमा हुने

Share on facebook
Share on twitter
Share on linkedin

मगर एसोसिएसन अफ क्यानडा र लंघाली स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ७औं लखन थापा मगर स्मृति भलिबल कप आगामी अगस्ट २ तारिखमा क्यानडाको ब्र्याम्पटन शहरमा आयोजना हुने भएको छ।



प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ७५० क्यानाडियन डलर दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा विजेता टिमले ५,००० डलर तथा उपविजेता टिमले २,५०० डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।



यसका साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर, र उत्कृष्ट सेटरलाई पनि विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ, जसले खेलाडीहरूलाई थप प्रोत्साहन गर्नेछ।
कार्यक्रम समयोजक अमित आले ले प्रतियोगिताले प्रवासमा रहेका नेपाली समुदायबीच भाइचारा र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। देश छोडेर विदेशमा आएका नेपालीबीच आपसी सम्बन्ध, सहकार्य र सामुदायिक भावना प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो, उहाँले भन्नुभयो।



साथै उत्तर अमेरिकाका विभिन्न शहरहरूबाट टिमहरूको सहभागिता अपेक्षित गरिएको छ। प्रतियोगिता अवधिभर सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएकाले दर्शकहरूको मनोरञ्जनका लागि यो अवसर विशेष हुने आयोजकहरूको भनाइ छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist