Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

७२शैयाको उपचार सघन कक्ष थ्पयो मनिपालले

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
पोखराको मनिपाल हस्टिपलले अत्याधुनिक सुविधा सम्पन्न सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सघन कक्षको शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।


अत्याधुनिक तथा बहुआयमिक लेबल ३’को ७२ शैयाको सघन उपचार कक्ष निर्माण गरी सेवा सुरु गरिएको हस्पिटलले जनाएको छ ।


नवनिर्मित आइसियु बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन र ३ वटा सघन उपचार कक्ष क्याविन रहेको जनाइएको छ । ‘हामीलाई विश्वास छ की अब उत्कृष्ट सेवाका लागि कोही गम्भिर बिरामीहरु काठमाडौं जानुपर्ने स्थिति रहने छैन,’ हस्पिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैय्यामा मोनिटर, भेन्टिलेटर, इ.सि.जी मेसिन, यु.एस.जी तथा इको प्रणालीहरु जडित छन् । जस्ले गर्दा बिरामीलाई धेरै सहज हुने बताइएको छ । ‘यस सघन उपचार कक्षमा २४सैं घण्टा क्रिटिकल केयर सम्बन्धि (एमडिजिसी) डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कक्षमा कार्यरत सम्पूर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने व्यहोरा पनि यहाँलाई जानकारी गराउदछौं । यस्का अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने छ ।’


अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल पनि भएकाले उपचार शुल्क सुपथ र सरल हुनुपर्छ भन्ने तथ्यप्रति आफूहरु सचेत रहेको हस्पिटलले जनाएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist