पोखरा — ‘हेभेनली इभेन्ट म्यानेजमेन्ट’ द्वारा आयोजित ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि-स्कुल सिजन २’ को उपाधि बिनिशा कार्कीले जितेकी छन्। विजेता कार्कीले नगद रु ५०,००० सहित क्राउन, स्यास र अवार्ड प्राप्त गरिन्।

प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालज्यूले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतियोगितामा बिहान्शा शर्मा फस्ट रनरअप, सबिया ढकाल सेकेन्ड रनरअप र क्रिजल कार्की थर्ड रनरअप घोषित भए। साधना शर्माले ‘भ्युअरर्स च्वाइस’ अवार्ड जितिन्।
हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
🌟 निर्णायक मण्डल:
कौशल्या गुरुङ (नवदीप बोर्डिङ स्कुलकी संस्थापक)
मोनिका थापा (पोखरा वर्ल्ड स्कुलकी संस्थापक)
अनुषा श्रेष्ठ (फेसन कोरियोग्राफर, मोडल)
प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल)
आशिष पुरी (प्रचारका सञ्चालक, मिडियाकर्मी)
सन्देश भुर्तेल (कप्पिङ रुमका सञ्चालक)
यस कार्यक्रमले बालबालिकाहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।














