पोखराको मालेपाटन स्थित वागवानी अनुसन्धान केन्द्रले १० वटा प्रविधिको विकास गरेको छ ।
केन्द्रका कृषि बैज्ञानिकहरु ले हिउँदे सिमी, रायोको साग, बोडी लगायतका तरकारी बालीका नयाँ जातको बिकास गरेको अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सरोज अधिकारीले जानकारी दिए ।
केन्द्र्ले पोखरा लुर्की जात को भन्ता बिकस गर्न लागेको छ । विभिन्न तर्करिका श्रोत विउ उत्पादन गरि किसानहरू लाइ वितरन गर्दै आएको छ ।
केन्द्रका अनुसार नयाँ विकास गरिएको मालेपाटन हिउँदे सिमी १ र २ मा रोग र किराको प्रकोप कम हुने र प्रतिहेक्टर ३० टनसम्म फल्ने गर्दछ ।
गण्डकी, कर्णाली, मधेश र सुदुरपश्चिम प्रदेशका १ हजार २ सय ५० मिटरको उचाईसम्म उत्पादन गर्न सकिन्छ । केन्द्रले विकास गरेको मालेपातन १ बोडि हाल आएर मध्य पहाडि र तराईमा लोक्पृय हुँदै आयेको छ।
वातावरण परिवर्तनसँगै रैथाने बालीचक्रमा देखिएका समस्या समाधान गर्न अनुसन्धान सुरु गरिएको केन्द्रका कृषि वैज्ञानिक डा. सुनिल अर्यालले बताए ।वागवानी अनुसन्धान केन्द्र २०१८ सालमा भारत सरकारको सहयोगमा स्थापना भएको हो ।
सुरुवातमा सुन्तला जात फलफुल केन्द्रको रुपमा विकास गरिएको यो केन्द्र नेपाल कृषि अनुसन्धान परिषदको गठन गरेपछि गण्डकी प्रदेशमा बाग्वानी सम्बन्धि अनुसन्धान सञ्चालन गरिरहेको छ ।