विश्व क्रिकेटका दुई ठूला प्रतिस्पर्धी भारत र पाकिस्तान आज च्याम्पियन्स ट्रफीमा आमनेसामने हुँदैछन्। यी दुई टिमबीचको खेल सधैं चर्चा र रोमाञ्चकताको केन्द्रमा रहने गर्छ। भारत र पाकिस्तानबीचको राजनीतिक तनाव झैँ क्रिकेट मैदानमा पनि अत्यधिक प्रतिस्पर्धा हुने गर्दछ।
क्रिकेटप्रेमीहरूको उत्साह चरम सीमामा पुगेको छ। भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजम आ-आफ्ना टिमलाई जिताउन कटिबद्ध देखिएका छन्। दुबै टोली बलियो भएकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
यसअघिका प्रतियोगिताहरूमा भारतको प्रदर्शन पाकिस्तानको तुलनामा राम्रो देखिएको भए पनि पाकिस्तानले अप्रत्यासित जित निकाल्न सक्ने क्षमताका कारण खेल झन् रोमाञ्चक बनेको छ।
आजको खेलमा मौसम, टसको निर्णय र खेलाडीहरूको व्यक्तिगत प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरू यो महामुकाबला प्रत्यक्ष हेर्न आतुर छन्।