Friday, January 17, 2025

आजको मिति: २०८१ माघ ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

छाेरेपाटन माविमा पुस १४ गते महानगर स्तरीय विज्ञान प्रदर्शनी हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सागर गिरी
पोखरा- पोखराको छाेरेपाटनस्थित छाेरेपाटन माविले आफ्नो ४६औँ वार्षिक उत्सवको अवसरमा आउँदो पुस १४ गते पोखरा महानगर स्तरिय माध्यामिक तहको एकदिने विज्ञान प्रदर्शनीको आयोजना गर्ने भएको छ। प्रदर्शनीमा ३० भन्दा बढी विद्यालयको सहभागिता रहने अनुमान विद्यालयले गरेको छ भने करिब ३,००० भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।


विद्यार्थीहरुले कक्षा कोठामा सिकेका कुरालाई व्यवहारिक रूपमा बुझ्न र किताबमा पढेका विषयलाई प्रभावकारी रूपमा आत्मसात गर्न सजिलो बनाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्र.अ. डिल्लीराम शर्माले जानकारी दिनुभयो।


कार्यक्रमलाई सफल बनाउन रसायन विज्ञानका शिक्षक नारायण थापाको संयोजकत्वमा उपसमिति गठन गरी विभिन्न कार्य विभाजन गरिएको जानकारी विज्ञान समूहका इन्चार्ज मेघनाथ पौडेलले दिनुभयो। साथै, महानगरका सम्पूर्ण विद्यालयलाई कार्यक्रममा सहभागी गराउन पत्राचार गरिने जानकारी कार्यक्रमका सचिव दीपक सुवेदीले दिनुभयो।


प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूले क्रमशः नगद रु. २०,०००, रु. १५,०००, रु. १०,००० र रु. ७,००० सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन्।


कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक तथा व्यावहारिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist