✍️ विवेक न्यौपाने
ज्येष्ठ नागरिक मञ्च पोखरा १७ को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय भीम बहादुर कार्कीले ज्येष्ठ नागरिकक हकहितको लागि संविधानमा भए अनुसार सम्मान पाउनुपर्ने कुराको लागि पहल गर्ने बताउनुभयो ।
विशिष्ट अतिथी पोखरा १७ का अध्यक्ष राधिका कुमारी शाही योगीले ज्येष्ठ नागरिकका आवश्यक सहजीकरण गरिरहेको र गरिरहने बताउनुभयो ।
कार्यक्रममा निवृत राष्ट्रसेवक समाज गण्डकीका अध्यश ध्रुव राज अधिकारी,सक्षम आमा समूहका अध्यक्ष विष्णु माया लामिछाने,अदैत संस्था संरक्षण मञ्च गण्डकीका ज्ञानिन्द्र सुवेदी, आमन्त्रित सदस्य विष्णु प्रसाद पाेखरेलले आफ्नाे कुरा राख्नु भएको थियो।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सचिव धर्मदत्त तिमिल्सिना र कोषाध्यक्ष पदम बन्धु पोखरेलले गर्नु भयो ।
कार्यक्रमको सभापतित्व ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टाेपराज ढुङ्गानाले ज्येष्ठ नागरिकको उमेरले भन्दा बढी काम साेचाईले गर्न सकिने बताउनु भयाे।
कार्यक्रमको संचालन संस्थाका सहसचिव भीम प्रसाद पाेखरेलले गर्नुभएको थियो ।