Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

झलकमान गन्धर्व सारङ्गी वादक प्रतियोगिता पोखरामा हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने
झलकमान गन्धर्व सारङ्गी वादक प्रतियोगिता २०८० को बारेमा जानकारी दिदै पत्रकार सम्मेलन आज पोखरामा सम्पन्न भएको छ।
प्रतियगितालाई दुई भागमा विभाजन गरिएको छ। पाइलो चरण मा सबै सहभागी मध्ये १० जनालाई छनोट गरिन्छ। त्यस पछी १० जनाको प्रतियोगीता गराई प्रथम, द्वितिय र तृतीय लाई पुरस्कृत गरिने छ।
कार्यक्रममा नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सुर्य बहादुर गायकले गन्धर्व समुदायकाे विगत, बर्तमान र भविष्यकाे बारेमा बाेल्दै झलकमान गन्धर्व सारङ्गी वादक प्रतियोगिता सम्पन्न गराउन सबैकाे दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल गन्धर्व समुदाय विकास केन्द्रका पुर्व अध्यक्ष बलराम गायकले सारङ्गीकाे संरक्षण गर्ने उद्देश्यले झलकमान गन्धर्व सारङ्गी वादक प्रतियोगिता गर्न लागेको बताउनुभयो।
झलकमान गन्धर्व सारङ्गी वादक प्रतियोगिता २०८० काे पुरस्कार राशी प्रथम, द्वितिय,तृतीय र सान्त्वना पुरस्कार क्रमश: ३५ हजार,२५ हजार,१५ हजार र ७ हजार ५ सय मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।


गन्धर्व जाती पृष्ठभुमी

गन्धर्व जाती नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाती हो। सृष्टिकर्ता ब्रम्हाले
संगीतको उत्पती गर्नुभयो । त्यो कला शिवलाई दिनुभयो, शिवले सरस्वतीलाई सरस्वतीले त्यो ज्ञान देवर्षी नारदलाई र नारदले स्वर्गका गन्धर्व, किन्नर र अप्सरलाई प्रदान गर्नु भयो भनि शास्त्रमा उल्लेख छ । यसबाट गन्र्धवको उत्पति तथा उपस्थिती वैदिककालमा भईसकेको थियो । स्वर्ग, आकाश वा पृथ्वी जहाँ संगीतको प्रसंग कोटिन्छ तब गर्धवको कुरा आउँदछ । अत संगीत र गन्धर्व एक अर्काको परिपुरक हुन । सामवेदमा उल्लेखित सामगायनमा भएको पाँच स्वरले चित नबुझी चार ऋषि र नारद मिलेर गन्र्धव उपवेदको रचना गरेको पाइन्छ । यसैका आधारमा गन्धर्व गायन र वादनको सुरु भएको पाइन्छ । मौखिक रुपमा भएका घटना र परिवेशलाई गीत संगीतको माध्यमद्धारा जीवन्त तुल्याउनु गन्र्धव जातीको पहिचान र क्षमता हो । जसले जनमानसमा मुहारमा छिनभरमा आँशु र हाँसो ल्याईदिन्छ ।


बर्तमान अवस्था
गन्धर्व जातिको वर्तमान अवस्था पहिलेको भन्दा केहि हद सम्म सुधार भएको छ । पहिलेको पुस्ताले यस पेशाबाट जिबिको पार्जन र सम्मान नभएकाले अहिलेका युवा पुस्ताले आफ्नो पेशालाई परिवर्तित बनाउदै लगेका छन् । विभिन्न मेला महोत्सव, दोहोरी साझ, र होटल तथा केहि रेकडिङ्ग अदिमा बजाएर आफ्नो संस्कृति जोगाएका छन् ।


यो अवस्था नयाँ पुस्ताले यसमा पेशामा आफ्नो भविष्य नदेखेकाले साथै समय सापेक्ष चल्नु पर्ने भएकाले र जिवन यापनमा पनि समस्या भएकाले गन्धर्व कला संस्कृति हराउदै गएको छ । हाल शैक्षिक स्तरमा सुधार गर्दै मेला महोत्सवमा बजाउदै केहि हद सम्म व्यवसायिक र ससम्मानका साथ यसै कार्यमा लागेका छन र केहि जागिर पनि गर्दछन । नेपाली मौलिक बाजा लोक संगित संरक्षण र सम्बर्धन र प्रचार प्रसारमा ऐतिहासिक र महत्वपूर्ण योगदान दिदै आएका गन्धर्व जातिको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हो ।


संस्थाको उद्देश्य
• नेपालका मौलिका बाजा आरबाजो, सारङ्गी, मादलको संरक्षण सर्वद्धन गर्नु ।
• मौलिक तथा लोपोन्मुख बाजाको पहिचान, प्रशिक्षण, विकास ।
• गन्धर्व का गीत संगीत मंगल, माहल, बाहमासे गीतहरु, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल, बालन, कृष्ण चरित्र, स्वस्थानी गीत, विभिन्न कथा, घटनाहरुको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण ।
• गन्धर्व संग्रालयको निर्माण गर्ने ।
• संस्थाको कार्यक्षेत्र नेपाल भरि बनाई सम्पूर्ण गन्धर्व जातिलाई समेट्न ।
• सारङ्गी गायन र बादन प्रसिक्षणलाई निरर्तरता ।
• विभिन्न कार्यक्रमहरुमा मौलिक कला, संस्कृतिको प्रस्तुति ।
• परम्परागत पेशालाई व्यवसायिक रुपमा अगाडी बढाउने । आफ्नो हक अधिकार प्रति सचेत रहि अन्याय विरुद्द आवाज उठाउने ।
• समतामुलक समाज निर्माणमा समन्वय र सहकार्य गर्ने ।


संस्थाले हाल सम्म गरेका गतिविधिहरु :-
• गन्धर्व गीत कर्खा गायन प्रतियोगिता ।
• सामुदायिक भवन निर्माण ।
• गन्धर्व संग्रालय निमार्णधिन अवस्थामा ।
• सामुदायिक क्रियापुत्री भवन तथा चौतारा निर्माण । • सारङ्गी, मादल, आराबाजो प्रशिक्षण निरन्तर रुपमा संचालन ।
• झलकमान गन्र्धवको प्रतिमा (सालिक) निर्माणमा सहकार्य, मर्मत सम्भार ।
• राहत तथा खाद्यान्न वितरण ।
• बाटो तथा ढल नाला निर्माण ।
• खानेपानी व्यवस्थापन, पाइप, मिटर वितरण ।
• नेतृत्व विकास प्रशिक्षण कार्यक्रम संचालना
•लागुऔषध दुव्यसन सम्बन्धि सचेतना कार्यक्रम ।
•सांस्कृतिक समुह निर्माण,
• कला, संस्कृतिको प्रर्दशन, प्रतिभा प्रस्फुटन ।


नेपाली लोक संगीतका मुर्धन्य सष्टा स्व. झलकमान गन्धर्वको जन्मभुमी रहेको पोखराको बाटुलचौर लोक गीत संगीतको उद्गम स्थल हो । यस संगीतको तपोभुमी पुर्खाहरुको देवसान र गन्र्धव जातीको परम्परागत पेशाले जीविकोपार्जन मा भएको कठिनाई र पेशा प्रति सम्मान नभएका कारण नयाँ युवाहरुमा आफनै कला र संस्कृति प्रति वितिष्ण जागेको अवस्थामा नेपाल गन्धर्व समुदाय विकास केन्द्र मिति वि. सं. २०६१ सालमा गन्धर्वहरुले बजाउने मुख्य बाजा सारगी गायन, बादनलाई पुस्ता हस्तान्तरण, गन्र्धव जातीको कला, संस्कृतिको संरक्षण, संबद्धन, र विकास गर्ने उद्देश्यका साथ “हाम्रो संस्कृति हाम्रो पहिचान


सम्पूर्ण गन्धर्वको उत्थान” का साथ स्थापना भएको गैर नाफामुलक संस्था हो । हाल संस्थाको आफनै पक्की भवन रहेको छ । स्थापना पोखरा १६ मा भएर सुरुवात सिमितता भएतापनि हाल संस्थाले पोखरा महानगर र कास्की जिल्ला क्षेत्र र सम्रग नेपाल लाई समेट्दै लगेको र नेपालका गन्धर्वहरुको कला, संगीत को संरक्षण र विकासको एक नमुना भूमि को रुपमा स्थापित रहेको छ ।








Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist