Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

धर्मका नाममा धम्की स्वीकार्य छैन : वडा अध्यक्ष नरेन्द्र थापा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — हिन्दू धर्मशास्त्र र पूर्वीय सभ्यतामा बर, पिपल र समीका बोटलाई त्रिदेवका प्रतीक मानिन्छ। वैज्ञानिक रूपमा पनि यी वृक्षहरू वातावरणीय सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्। विशेष गरी, पिपल वृक्ष २४ सै घन्टा अक्सिजन उत्सर्जन गर्ने एक मात्र वृक्ष भएको वैज्ञानिक तथ्यले पुष्टि गर्दछ। यस्ता धार्मिक एवं पर्यावरणीय रूपमा बहुमूल्य वृक्षहरूको कटान गरिनु अत्यन्तै निन्दनीय कार्य भएको पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताएका छन्।


महायज्ञ सञ्चालन गर्ने नाममा पोखरामा यी वृक्षहरूलाई ठुटो बनाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै उनले भने, “त्रिदेवका रूपमा पूजनीय यी वृक्षहरूलाई नै काटेर धर्मको रक्षा कसरी सम्भव हुन्छ?” उनले धर्मको नाउँमा प्रकृति विनाश गर्ने कार्यलाई अस्वीकार्य बताउँदै धार्मिक आस्थाका नाममा महानगरलाई धम्की दिन खोज्नेहरूको कडा विरोध गरेका छन्।


अध्यक्ष थापाले भने, “धर्म प्राकृतिक सम्पदाको संरक्षणका लागि हुनु पर्छ, न कि व्यापार र असुलीको माध्यम। धर्मकै विनाश गरेर धर्मको रक्षा हुन सक्दैन।” साथै, उनले धार्मिक आस्थाको गलत प्रयोग गर्दै अराजकता मच्चाउने तत्वहरूलाई सचेत गराउँदै पोखरामा हिंसा र धम्कीको कुनै स्थान नभएको स्पष्ट पारे।


पोखराको धार्मिक वातावरण खल्बल्याउने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने बताउँदै उनले भने, “महायज्ञ गर्न दिने नदिने विषय गौण हो, तर धार्मिक वातावरण अस्थिर पार्ने कार्य कसैलाई गर्न दिइने छैन।” स्थानीय सरकार धर्म, कला, संस्कृति, सम्पदा तथा ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले १०० वर्षभन्दा पुराना वृक्षहरूको संरक्षणका लागि बजेट विनियोजनसमेत गरिएको जानकारी दिए।


धर्मको नाममा धम्कीपूर्ण भाषा प्रयोग गरिनु आपत्तिजनक रहेको बताउँदै उनले थपे, “पुण्य प्राप्तिका लागि रोपिने बर, पिपल र समीका वृक्षहरूकै बध गरेर धर्ममाथि अपराध गरिएको छ। यो कुनै पनि हिसाबले स्वीकार्य छैन।”


अध्यक्ष थापाले धर्म रक्षाका लागि खुला बहसको प्रस्ताव राख्दै भने, “हामी बहसका लागि तयार छौं, तर धम्कीपूर्ण क्रियाकलाप स्वीकार्य छैन। पोखरा ज्ञानको भूमि हो, यहाँ हिंसा र धम्की सह्य हुँदैन।”


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist