पोखरामा कोड फेस्ट २०२३ प्रतियोगिता हुने भएको छ । यहि सेप्टेम्बर ३० मा सोच कलेज अफ आईटि रानिपौवा पोखरामा प्रतियोगिता सम्पन्न हुनेछ । कोड फर चेन्ज पोखराको आयोजनामा गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा यस प्रदेशका आईटिका बिद्यार्थिहरु सहभागि हुन सक्नेछन् ।
आईटिका बिद्यार्थिलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यवहारिक अनुप्रयोग प्रर्दशनसंगै अवसर प्रदानको उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । यस प्रतियोगिताले समाजमा सकारात्मक प्रभावहर सुनिश्चित गर्न समाजका बिभिन्न ठाउंमा रहेका समस्याको उजागर गर्दै समाधानकको उपाए निकाल्न कोसि गर्नेछ। दिगो बिकासका लक्ष्यमध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदामा आधारित भएर सात थिम गुड हेल्थ एड वेल बीई, क्वालिटि एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डष्ट्रि यनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन र पिस जस्टिस एण्ड स्टोड इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टहरुलाई छानी र बिद्यार्थिहरु बिच प्रतिष्पर्धा गराई उत्कृष्ट टिमहरुलाई विशेष पुरस्कार सहित बिभिन्न ठाउंमा अवशर प्रदान गरिनेछ । प्रतियोगिताबाट उत्कृष्ट छानिएका बिद्यार्थिलाई काठमाण्डौमा हुने कोड फर चेन्जको राष्ट्रिय प्रतियोगितामा सहभागी गराईनेछ ।
यस प्रदेशका आईटिका बिद्यार्थिहरुलाई उक्त प्रतियोगितामा उपस्थित भई अवशरको फाइदा उठाउन आयोजक निमन्त्रणा गर्न चाहन्छ ।