पोखरा महानगरपालिका वार्ड न. १२ मा संचालीत तिन महिने निःशुल्क मन्टेश्वरी तालिमको समापन भएको छ । दैनिक पाचँ घण्टा संचालन भएको तालिममा पोखरा महानगरपालिका १२ का विभीन्न क्षेत्रका महिलाहरुको सहभागीता रहेको थियो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्वजारमा खोजी हुने विषयहरुको वारेमा तालिमका विषयहरुको खोजी र माग रहेको बताए । समुदाए स्तरमा मन्टेश्री तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सिपमुलक तालीमलाई जोड दिदै सिकदै कमाउदै कार्यक्रमहरु समावेश गरेको बताए ।
व्यवसायीक तथा सिप विकास तालिम केन्द्र पोखराले संचालन गरेको तालिमा २ दर्जन महिलाहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रमका विशिष्ट अतिथि पोखरा १२ का वडा अध्क्षय सन्तोष वास्तोलाले सिकालाई प्रभावकारी वनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सके मात्र उपलव्धी हुने बताए ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थि प्रशंशा गुरुङले तालिमको प्रयोग गरेर सान साना वालवालिकाहरुलाई सिकाउने शिक्षण विधिले आफ्नो क्षमता वृद्धि भएको बताइन् । तालिममा सहभागी ६ जनाले रोजगार समेत पाएको तालिम प्रशिक्षक सिता अधिकारी वाग्लेले जानकारी दिइन ।