Friday, July 26, 2024

आजको मिति: २०८१ श्रावण ११ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा १६ लाई मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गरिने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा महानगर पालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत पोखरा १६ लाई मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । सो अनुरूप मौरी पालक कृषकहरूलाई १९२ आवश्यक सामग्री सहितका मौरी घारहरू ५० प्रतिशत अनुदान सहुलियतमा उपलब्ध गराइएको छ ।


माहुरी सहित प्रदान गरिएका ती घारहरूमा १ महिना भित्रमा माहुरी मर्ने वा घार छोडेर जाने समस्या देखिए पुनः माहुरी उपलब्ध गराउनुका साथै १ वर्ष सम्म निःशुल्क प्राविधिक सहायता प्रदान गर्ने व्यवस्था समेत मिलाइएको वडा नं.१६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो ।


मह उत्पादन वृद्धि गरी पोखरा १६ लाई महमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नका लागि उक्त कार्यक्रम कोसेढुंगा साबित हुने महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्वास व्यक्त गर्नुभयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist