✍️अजय क्षेत्री
आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।
घामपानी कम्प्लेक्स चिप्लेढुङ्गा पोखरामा आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसरमा एकल महिला (विधवा )द्वारा सन्चालित नयाँ आउटलेटको उद्घाटन गरिएको छ ।
नयाँ आउटलेटको उद्घाटन फेसन आइकन विशाल गुरुङले गरेका थिए । सञ्चालिका राधिका राना थापाले आफ्नो नयाँ आउटलेटको उद्घाटनमा फेशन आइकन विशाल गुरुङलाई प्रमुख अतिथिका रूपमा पाउँदा निकै खुसी लागेको उनले बताइन् ।
उद्घाटनमा उनले परिवारका सदस्य, आफन्त र साथीभाइलाई निम्तो दिएकी थिइन् । फेसन आइकन विशाल गुरुङले तीन सन्तानसहित विधवा महिलाले आत्मनिर्भर भएर घर चलाएको देखेर निकै भावुक भएको र आफुले पनि आउने दिनमा ३बुटिक कलेक्शन संग सहकार्य गर्ने पनि उनले बताए
३ बुटिक कलेक्शनमा कुर्ता, सारी, लेहंगा, लगायत बुटिकका विभिन्न सामान उपलब्ध रहेको सञ्चालिका थापाले जानकारी दिइन्।