Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

बागमती प्रदेशका १३ वटै जिल्लामा कांग्रेस–एमाले संयन्त्र गठन हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्ने भएका छन्। दुवै दलले जिल्ला तहमा समन्वय गर्दै चाँडै नै यो संयन्त्र निर्माण गर्ने सहमति गरेका छन्।


आज ललितपुरमा सम्पन्न दुई दलको बागमती प्रदेशस्तरीय बैठकमा उक्त निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, र उपसभापति चन्द्र महर्जन सहभागी थिए भने एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल उपस्थित थिए।


बैठकले संयन्त्रको सचिवालयमा कांग्रेस र एमालेका एक–एक जना सदस्य रहने र संयन्त्रको नेतृत्व एक–एक महिनाको लागि आलोपालो गरिने निर्णय गरेको छ। सचिव राजु नेपालले दिएको जानकारी अनुसार, २०८१ साल मंसिर मसान्तसम्म संयोजनको जिम्मेवारी नेपाली कांग्रेसले लिने छ।


संयन्त्रको बैठक प्रत्येक महिनामा कम्तिमा एकपटक अनिवार्य बस्नेछ। आगामी बैठक मंसिर ३ गते बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय, हेटौंडामा बस्ने तय भएको छ। सो बैठकमा बागमती प्रदेश सरकार गठनको एक सय दिनको उपलब्धि र आगामी योजनाका विषयमा छलफल गरिने जानकारी सचिव नेपालले दिएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist