मेची महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान हुने भएको छ । यस कार्यक्रम ब्लड डोनर्स सोसाईटी नेपाल को आयोजना एवम बिभिन्न संघ सस्था एवम सामाजिक अभियान्ताहरुको बिशेस पहलमा मेचीको झापाबाट पुस ७ गते बृहत कार्यक्रम गरि अभियान सुरु गर्न लागिएको अभियानका संयोजक एंब ब्लड डोनर्स सोसाईटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए ।
संस्थाले बिगतमा देशका बिभिन्न स्थानहरुमा रगत सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु ,रक्तदान कार्यक्रमहरु ,फ्रेस डोनर तथा रक्त तत्व व्यवस्थापन गर्ने कार्यहरु गर्दै आएको छ ।
संस्थाले लामो समयदेखि डिजिटल रगत व्यवस्थापन प्रणालीको माग राख्दै आएको छ । रक्तदान अभियानमा सक्रिय युवाहरु बिदेशिदा , नयाँ रक्तदाताहरु नथपिदा र आवस्यकता अनुसार रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा रगत व्यवस्थापनमा निकै चुनौती रहेको अधिकारीले जानकारी दिए ।
रगत व्यवस्थापनमा सरकारले जिम्बेवारी प्रदान गरेको संस्था नेपाल रेडक्रस सोसाईटीले आवस्यकता अनुसार जनचेतनामुलक कार्यक्रमहरु गर्न नसकेको र रक्तदान कार्यक्रमहरु थप्न नसकेको कारण रक्त तत्वको निकै अभाव भएको अधिकारीले बताए।