Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

वडा १५ को व्याडमिण्टन उपाधी रमेश र धनराज जोडीलाई, महिलातर्फ तुलसी र टिकीसरा विजयी

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस प्रसाद श्रेष्ठ र धनराज गुरुङ्गको जोडी प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ्ग र युवराज गुरुङ्गको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधी जितेको हो ।


महिलातर्फ तुलसी फगामी पुन र टिकीसरा गर्वुजा तामाङ्गको जोडीले लिलादेवी शेरपञ्जा र सुशिला पुर्जा पुनको जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । पुरुषतर्फ खुमबहादुर गुरुङ र हरिबहादुर आले तथा मनिष गुरुङ्ग र सफल थापा मगरको जोडीले तृतीय स्थान प्राप्त गरे । महिलातर्पm दिलकुमारी रोन्जिता र हरिमाया थापा तथा गंगा नापित र बिमला थापाको जोडी तृतीय भए ।


विजयी खेलाडीहरुले क्रमश: ७, ५ र ३÷३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले एक समारोहका विच विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । सो अवसरमा उनले आपसी भाइचारा र स्वस्थ्य समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । वडाध्यक्ष तोरण बानियाँले वडाले विकास निर्माणसंगै खेलकुदका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए ।


खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडाको सफलतामा जनप्रतिनिधीको मात्र नभई जनताको पनि उत्तिकै सहकार्यको खाँचो रहेको औंल्याए । कार्यक्रममा मितेरी टोल विकास संस्थाका सल्लाहकार मोती पोखरेल, वडा सदस्यहरु सेतीमाया गुरुङ्ग, मन्दिरा परियार, बलराम पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist