✍️रवीन्द्र माकाजू
नेपालको इतिहासमा शहीद हरिप्रसाद गुरुङ्गलाई बिर्सन हुँदैन । जसलाई सधैँ श्रद्धापूर्वक सम्झनुपर्ने हुन्छ । जसले २०१८ सालमा भरतपुर काण्डमा सहादत प्राप्त गरे । २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले विपी कोइरालाको प्रजातान्त्रिक सरकार भंग गरेर एकदलीय व्यवस्थाको शुत्रपात गरे । प्रजातन्त्रको हत्या गरी निरकुंश, एकदलीय पञ्चायत व्यवस्था लागु भएपछि राजनैतिक दलहरु प्रतिबन्धित भए । शहीद हरिप्रसादको जन्म वि.सं. १९७३ साल बैशाख १२ गते कास्की जिल्लाको ल्वाङ घलेलमा भएको थियो । उनका पिता थिए– जि.मु. वीरबहादुर र आमा धनकुमारी ।
हरिप्रसाद सानै उमेरदेखि जिज्ञासु स्वभावका थिए ।
पिता जिमुवाल भएकाले उनको घरमै गुरु बोलाई सामान्य पढाइको व्यवस्था गरिएको थियो । अनुशासित र इमान्दार हरिप्रसाद युवावस्थामा साथीहरुको लहैलहैमा दाजु रामप्रसादकसँगै भारतीय सेनामा भर्ती भए । करीव ३ वर्ष सेनामा रहेर नायक दर्जामा छुट्टीमा घर फर्किए । त्यसबेला उनले गाउँको परिवेशलाई राम्ररी नियाले । न गाउँघरमा बाटो छ न शिक्षा केन्द्र । न स्वास्थ्यसेवा, न राजनैतिक स्वतन्त्रता र चेतना । त्यसबेला उनले सोचे – मैले बुट बजारेर भारतको सेवा गर्नु भन्दा आफ्नै मातृभूमिका लागि केही गर्नुपर्छ । तबमात्र मानव जीवन सार्थक हुन्छ ।
आफ्नो मातृभूमिको वातावरण अनुकूल थिएन । मुलुकमा एकतन्त्री राणाशासन विद्यमान थियो । संघ, संगठन खोल्न पाइँदैन थियो । उनले नेपालप्रजापरिषद्का गतिविधि यदाकदा सुन्ने अवसर पाएका थिए । जनताहरु अशिक्षित र गरीव थिए । भारतमा केही समय रहेकाले त्यहाँको जनजीवनबारे हरिप्रसादले केही बुझेकाले प्रजातान्त्रिक व्यवस्थाको परिकल्पना गर्दथे ।
उनले भारत नफर्कने निर्णय गरी मुलुक मै बसेर केही गर्ने निधो गरे । गाउँकै सेवामा गाउँको आवश्यकता परिपूर्ति गर्ने कार्यमा लाग्न थाले । उनी गाउँमा सामाजिक सेवाका गतिविधि बढाउने तर्फ लाग्थे । सोरठी नृत्य, कृष्ण चरित्र नृत्य, प्रर्दशनमा संलग्न हुन्थे । हरिप्रसाद सांस्कृतिक धनी व्यक्तित्वका रूपमा परिचित भैसकेका थिए । उनी राजनैतिक स्वतन्त्रताका लागि नेपाली काँगे्रसमा सामेल भए ।
हरिप्रसादले आफ्ना बाबु जिमुवाल गतिविधिलाई नगिजबाट नियाली हेरे । उनले सोचे–मैले प्रगति गर्ने भनेकै बाबुले सम्हालि आएको पेशा सम्हाल्ने हो । म गाउँको जमिन्दार बनँुला । यसैमा म कसरी सन्तुष्ट हुन सक्छु ? उता बाबु जिमुवाल वीरबहादुर छोरालाई आफ्नै पेशामा अल्मल्याउन चाहन्थे ।
२०१३ सालतिर भरतपुरमा राप्ती दुन योजना खुलेको खवर हरिप्रसादले थाहा पाए । अमेरिकी सहयोगमा जङ्गल फडानी गरेर स्वास्थ्य, शिक्षा, यातायात भएको नयाँ वस्ती बनाउने योजना राम्रो लागेर सुन्दर भविष्यको परिकल्पना गर्दै हरिप्रसादले चितवन जाने निर्णय गरे । बाबु आमालाई सम्झाई पुरै परिवारलाई चितवन लगे । गाउँमा इष्टमित्र, आफन्तलाई पनि चितवन जाने सल्लाह दिए ।
चितवन पुगेर हरिप्रसादले धेरै मेहेनत गरे । त्यसबेला २० रूपैयामा र ५० रूपैयाले कठ्ठा जमिन पाइन्थ्यो तर खेती गर्नुपर्ने शर्तमा । हरिप्रसादले केही आफन्तलाई चितवन आउन पे्ररणा दिए ।
आफन्तलाई जमिन दिलाउन सहयोग पनि गरे । हरिप्रसादले ट्याक्टर किने । कृषिलाई आधुनिकीकरण गर्न हरिप्रसाद सबैलाई पे्ररणा दिन्थे । कृषिलाई पेशा बनाउनु पर्छ भन्ने उनको सोच थियो ।
गाउँमा सिचाईको व्यवस्था गर्ने र सामूहिक खेती गर्ने अवधारणा बनाए । उन्नत पशुपालन, रविवालीमा जोड दिन थाले । शहीद हरिप्रसादको पूर्वमन्त्री एवं कांगे्रसका नेता बखानसिंह गुरुङसँग भेटघाट भइरहन्थ्यो । जोसँग सहकारीको अवधारणा थियो । वखानसिंहले हरिप्रसादलाई सहकारी खोल्न र यसको विकास र विस्तार कार्यमा लाग्न पे्ररणा दिन्थे । राजा महेन्द्र संसदका लागि आम निर्वाचन गर्न बाध्य भए । मुलूक चुनावमय भयो पोखरा कास्की क्षेत्र नं. ९९ ।
हरिप्रसाद कृषि क्रान्तिमा लागे पनि प्रजातन्त्रप्रतिको मोह छुटाउन सकेनन् । उनी नेपाली कांगे्रसमा सक्रियतापूर्वक लागिरहे । २०१७ साल बैशाख २५–२७ मा भएको नेपाली कांगे्रसको राष्ट्रिय महाधिवेशनमा भाग लिए । २०१७ पौष १ गते राजा महेन्द्रको कु पश्चात डा. तुल्सि गिरीलाई मन्त्री परिषद्को उपाध्यक्ष र विश्वबन्धु थापालाई गृहमन्त्री बनाइयो । गृहमन्त्री थापा चितवनबाट निर्वाचित सांसद भएकाले कांगे्रसका नालीबेली सबै थाहा थियो ।
यस अर्थमा चितवनका कार्यकर्ताहरू असुरक्षित थिए । प्रशासनद्वारा व्यापक धरपकड हुन्थ्यो । कार्यकर्ताहरू लुकेर हिड्नुपथ्र्यो या भारतमा निर्वासित । नेपाली कांगे्रसका पुराना नेता कृष्णबहादुर जोशीका अनुसार नेपाली कांगे्रसका नेता, कार्यकर्ताहरू ज्यान जोगाउन भारत पस्न सजिलो हुने हुँदा भरतपुर पहिलो रोजाईमा पर्दथ्यो ।
करीब ८ महिनाको भूमिगत तयारी पछि भरतपुर आक्रमण गर्न सजिलो ठानियो । उनले पुराना दिन सम्झदै भने – पूर्व गृहमन्त्री योगप्रसाद उपाध्यायलाई चितवनमा सरकारी कार्यालय कसरी कहिले आक्रमण गर्ने सम्पूर्ण जिम्मा दिइयो । तर यस्को जानकारी प्रशासनलाई हुँदा आन्दोलन दबाउन तत्कालीन वडाहाकिम रामनारायण श्रेष्ठको नेतृत्वमा फोर्स समेत गठन गरेका रहेछन् ।
नेपाली काँगे्रसमा एक शिखर व्यक्तित्व नेता सुवर्णशमशेरले राजाको उक्त कदमविरुद्ध सशस्त्र आन्दोलनको घोषणा गर्नुभयो । यसपछि, त्यही साल माघ २५ गते काँग्रेसका केही योद्धाहरूले भरतपुर कब्जा गरे । दुःखको कुरा सुरक्षा सतर्कता अपनाउन नसक्दा सेनाले हवाई फायर गरी कयौं योद्धाहरूको हत्या ग¥यो । दर्जनौं योद्धाहरूलाई खाल्टो खनेर जिउँदै पुरियो । हरिप्रसाद पनि जिउँदै पुरिए ।