Monday, July 22, 2024

आजको मिति: २०८१ श्रावण ७ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

सुब्बा नाथु प्रह्लाद प्रतिष्ठान,कास्कीले आईतवार पत्रकार सम्मेलन मार्फत सुब्बा प्रह्लाद दिवस मनाउने

Share on facebook
Share on twitter
Share on linkedin

सुब्बा नाथु प्रह्लाद प्रतिष्ठान,कास्कीले आईतवार पत्रकार सम्मेलन मार्फत सुब्बा प्रह्लाद दिवस मनाउने भएकाे छ जसकाे प्रेस विज्ञप्ती यसप्रकार छ ।



प्राकृतिक सौन्दर्य माछापुच्छ्रे हिमशृंखलाले भरिएको रमणीय स्थान समुद्र सतहदेखि २००० मिटरको उचाइमा रहेको पुरानो रिमान (रम्हा तिस्यो) माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ हाल समुद्र सतहदेखि १६५० मिटरको उचाइमा रहको पुरानो रिभान (रम्ही तिस्यो) बाट करिब ४०० मिटर तल दक्षिण पश्चिममा रहेको गुरूङ ब्राह्मण, वि.क., परियार, नेपालीको बस्ती हो- रिभान गाउँ । पोखराबाट करिब १० कि.मि. उत्तरतर्फ सेतीगण्डकी र मदीखोलाको उत्तर दिशामा रिभान गाउँ पर्दछ भने पोखराबाट करिब १४ किलोमिटर उत्तरतर्फ सेतीगण्डकी र सादोखोलाको बीचमा पर्दछ- रमणीय समथर भू-भागमा रहेको गाउँ चौर ।



डिठ्ठा जिबा गुरूङको छोरा सुब्बा नाथ गुरूङ हुन् भने डिठ्ठा धन्या गुरूङको छोरा हुन्- सुब्बा प्रल्हाद गुरुङ । सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरूङ नाताले सुब्बा नाथु गुरूङ काका हुन् भने सुब्बा प्रल्हाद गुरुङ भतिज हुन् । सुब्बा नाथ गुरूङ र सुब्बा प्रल्हाद गुरूङका पिता डिठ्ठा धन्या गुरूङ तत्कालीन नेपाली सेनामा भर्ती भएको पाइन्छ । बाबा र काका पछि सुब्बा प्रल्हाद गुरूङ पनि नेपाली सेनामा भर्ती भएको देखिन्छ । उहाँहरू तत्कालीन नेपाली सेनामा भर्ती भएपश्चात् तत्कालीन नेपाल सरकारले नेपाल एकीकरण गर्ने सिलसिलामा सुब्बा नाथ गुरुङ र डिठ्ठा धन्या गुरूङले वि.सं. १८४२ देखि १८४५ सम्मको नेपाल र पश्चिम भोटको लडाईना सहभागी भई बहादुरीका साथ लडाइँ लडी नेपालले भोटमाथि विजय गरेको पाइन्छ । वि.सं. १८४१ देखि नै नेपाल र भोटबीच वैमनस्यता बढेपछि सुब्बा प्रल्हाद गुरूङका साहिला भाइ कुम्मेदान (कप्तान) दलपति गुरूङलाई भोटतर्फको सही समाचार (सुराकी) बुझ्ने काम गर्दथे ।



वि.सं. १८४२ देखि वि.सं. १८४५ सम्म नेपाल र भोटबीच भएको लडाइँमा नेपालले भोटमाथि विजय हासिल गरेको पाइन्छ । वि.सं. १८४५ मा नेपाल र भोटबीचको लडाइँमा पश्चिम भोटको हुकाम मैकोट गएका कस्केली गुरुङहरूको नेतृत्व सुब्बा नाथु गुरुङ र डिठ्ठा धन्या गुरूङले लिएका थिए । वि.सं. १८४६ सालमा नेपाल र भोटबीच सन्धि भएपछि सो लडाइँमा बहादुरीका साथ लडाइँ लडेका वीर योद्धाहरूलाई खुसी पार्न आवश्यकता भएकाले शक्तिबल्लभ अर्यालको लेखबाट बुझ्न सकिन्छ । लोकाहरूलाई यथायोग्य पुरस्कार दिई तो गोदा सैनिकहरूलाई सन्तुष्ट पारेको उल्लेख छ ।


यसरी वि.सं. १८४७ सालमा तत्कालीन सरकारले सुब्बा नाथ गुरूङलाई पुरानो रिभान (रम्ही तिस्यो) र डिठ्ठा धन्या गुरूङलाई चौर भराभरी राजबगर छापा पाएका थिए। पश्चिम भोटतिरको लडाइँमा विजय प्राप्त भएपछि र भोटसँगको सन्धि लगत्तै सो उपाधि पाएको देखिन्छ ।


वि.सं. १८६२ असोज २ गते मंगलबारका दिन सुब्बा नाथु गुरुङ र सुख्खा प्रहाद गुरुङलाई सुर्खेत राज्य र चार कम्पनीको तनाव दिएर काँगडा खटाइएको थियो । काँगडा प्रान्त शतरुद्रा नदीको दायाँ भागमा सुर्खेत राज्य पर्दछ । उता काँगडामा नेपाल र अंग्रेजबीचको लडाई चर्किरहेका थियो। शतरुद्रा नदीको बायाँ किनारामा पूर्व पश्चिममा फैलिएको तीनवटा पहाडमा नेपालको मुख्य गढीहरू पर्दथे । दक्षिणतर्फ पहाडमा नालगढ माझ पहाडमा रामगढ र उत्तरतर्फको पहाडमा मलाऊ भन्ने गढ़मा राज्यगढ थियो। यी गोहरू कब्जा नभएसम्म आफ्नो विजय नहुने देखेर अंग्रेज फोजका लेप्टेन कर्णेल डेभिड अक्टरलोनीले नेपालका यी तीन गढीहरूमा कब्जा गर्ने योजना बनाए। वि.सं. १८७१ मार्गमा कर्णल टेन्सनलाई रामगढ आक्रमण गर्न पठाए तर नेपाली फौजको सामु कर्णेल टम्सन विफल भए । आफ्नो फौज असफल भएपछि लेप्टेन कर्णेल डेभिड अक्टरलोनीले त्यस प्रान्तका जनतालाई नेपालीका विरूद्धमा भड्काउन थाले। रामगढका जनता नेपालीका विरूद्ध विद्रोही भएपछि काजी अमरसिंह थापाले राजगढलाई नै बलियो बनाउनका लागि अरू गढीका नेपाली सेनाहरूलाई राजगढमा जम्मा हुने उदी लगाए। वि.सं. १८७१ सालमा अंग्रेज फौजले रामगढमा गोलावारी गरे। त्यहाँ भएका १०० जना नेपाली सेना अंग्रेज फौजको सामु टिक्न सकेन र रामगढ़ छाड़ी राजगढ आए। त्यसबेला कप्तान भक्ति थापा र सुब्बा प्रल्हाद गुरुङ सूर्यगढको सुरक्षामा थिए। वि.सं. १८७१ चैतमा अंग्रेजले सूर्यगढमा घेरा हाले । वि.सं. १८७९ वैशाख ४ गते अंग्रेजले देउथल कब्जा गरे। देउयलबाट राजगढसम्म तोपका गोलावारी सजिलैसँग पुग्ने भएकाले नेपाली फौजलाई राजगढ़ टिक्न गाह्रो परेको थियो। काजी अमरसिंह थापाले वि.सं. १८७२ वैशाख ५ गते देउथल कब्जा गर्ने निधो गरे तर देउवल राजगडवाट ओलेर मादि चढ्नुपथ्यो । जुनेली रातमा नेपाली फौजले अंग्रेजसँग डटेर लडिरहे । अंग्रेज फौजल वि.सं. १८७१ वैशाख ६ गते राजगढमा पनि आक्रमण गरे । राजगढको त्यही लडाईमा अंग्रेजसँग नेपाली फौजले बहादुरीका साथ लड्दा लड्दै सुब्बा प्रल्हाद गुरुङलाई अंग्रेजको गोला लाग्यो र वि.सं. १८७२ वैशाख ६ गते सुब्बा प्रल्हाद गुरूङले वीरगति प्राप्त गरे । युद्ध अन्त भएपछि सुब्बा नाथु गुरुङ सकुशल नेपाल फर्केर आफ्नो जन्मभूमि रिभान (रम्ही तिस्यो) आए। वि.सं. १८७९ साल पौष २९ गते आफ्नै घरमा सुब्बा नाथ गुरूङको निधन भएको पाइन्छ ।



सुब्बा प्रल्हाद गुरूङको भने वि.सं. १८७२ वैशाख ६ गते राजगढमा अंग्रेज र नेपालबीचको युद्धमा वीरगति प्राप्त भएपछि उनका साहिला भाइ कुम्भेदान (कप्तान) दलपति गुरूङलाई तत्कालीन सरकारले सुब्बा प्रल्हाद गुरुङको पल्टनको नगरा-निशान हातहतियार स-सम्मान दिएर पठाएका थिए। सो नगरा-निशान हतियारलाई पूजा गर्न हालको पोखरा महानगरपालिका वडा नं. १९ स्थित लामाचौर अकलादेवी स्थान नजिक २४० मुरो खेत बक्सिस दिएको थियो । वि.सं. १८९४ मा सो गुठी र मरवट फिकिदिए। सुब्बा प्रल्हाद गुरूङका छोरा सुवेदार जयमंगल गुरुङले तत्कालीन सरकारमा बिन्ती जाहेर गर्दा नगर-निशानको नित्य नौमित्य पूजापाठको लागि वि.सं. १९९१ मा तत्कालीन सरकारले कास्की चौर नगरा-निशान गुठीअन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भराभरी राजवगरमा ८० रोपनी र चौरमा बाटोमाथि बाटो मुनि पुच्छारमा गरी २० रोपनी गरी जम्मा १०० रोपनी गुठी दिएको पाइन्छ। त्यसैको आम्दानीबाट नगरा निशानको नित्य नाैमित्य पूजा चलिरहेको छ । सो गुठी जग्गा काठमाडौँ भद्रकालीमा दर्ता कान भएको छ ।



यसरी आफना पूर्खाको नाममा रिमानचौर डेहो पगिलामा परिवार वि.स. २००० सालमा रिभानचौर नाथु प्रल्हाद डेट्रो पॉगलामा परिवार समिति कास्कीका अ.क्या बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ भने वि.सं. २० आल्हाद प्रतिष्ठानको तदर्थ समिति गठन गरी वि.स. २००७ मा १३ जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरी वरिष्ठ अधिवक्ता कृष्ण गुरुङको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन गरेको छ ।


रिभानचौर डड्रो पैगिलामा गुरुङहरूका प्रातःस्मरणीय पूर्वज रिमालका सुब्बा गुरुङ चौरका सुब्बा प्रल्हाद गुरुङले नेपाल राष्ट्रको निर्माणमा अविस्मरणीय एवम् अन दिएको थियो । सुब्बा नाथू गुरुङ र सुब्बा प्रल्हाद गुरुङ केवल रिभानवीर डंडा गलामा गुरुङहरूका मात्र पूर्वज नभई उहाँहरू राष्ट्रिय विभूति हुनुहुन्छ। राष्ट्र निर्माणमा वीरगति प्राप्त गरेका अमर सहिद हुनुहुन्छ । तर, वर्तमान सरकारले उहाँहरूको समुचित कदर गर्न सकेको छैन बरु तत्कालीन सरकारले नगरा-निशान र गुठी जग्गा अर्पण गरेर उहाँहरूको सम्मान गरेका पाइन्छ।



सुब्बा नाथु गुरुङले युद्धमा प्रयोग गरेका हातहतियारहरू सुब्बा प्रहादत भवन याम्दीको संग्रहालयमा राखिएको छ भने सुब्बा प्रल्हाद गुरुङले मरणप्राप्त गरेका नगरा-निशान हातहतियारहरू माछापुच्छ्रे गाउँपालिका वडा नं. २ चौरमा सुब्बा प्राद सुरक्षित राखिएको छ। यसरी आफ्ना पुर्खाको सम्मानमा हरेक वर्षको पुस अन्तिम शनिवार सुब्बा नायु स्मृति दिवस मनाउँदै आएको छ भने हरेक वर्षको वैशाख ६ गते सुच्या प्रल्हाद स्मृति दिवस विभिन्न सेमिनार, गोष्ठी गरी मनाउँदै आएको छ। यही मिति वि.स. २०८० वैशाख ६ गते प्रा. डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सुब्बा प्रल्हाद स्मृति दिवस माछापुच्छ्रे गाउँपालिका वडा नं. २ चौरमा मनाउन गइरहेको यहाँहरूलाई जानकारी गराइन्छ ।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist