✍️अजय क्षेत्री
“स्मारिका बचाउ” हाम्रो अभियानलाई आ आफ्नो ठाँउबाट सहयोग जुटाइदिनु हुने सम्पूर्ण सहयोगी मनहरुप्रति हृदय देखि हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्नु भएको छ ।
यस अभियान अन्तर्गत पहिलो चरणमा विभिन्न संघसंस्था र ब्यक्तिगत रूपमा संकलित रकम १ लाख ५७ हजार स्मारिकाका बुवा देवबहादुर थापालाई बिधालयमा नै आमन्त्रण गरेर हस्तान्तरण गर्नुभएको थियो।
त्यसको लगत्तै दोस्रो चरणको अभियान सन्चालन गरि आज मिति २०८० असार २ गते सम्म संकलित रकम रु २लाख ११ हजार ७ सय सिभिल अस्पताल पुगेर अभिभावकका रोहवरमा बुझाउने र नानुको स्वास्थ अवस्था बारेमा जानकारी लिने कार्य सम्पन्न भएको छ ।
यस क्रममा प्रथम चरणको अभियान बाट संकलन गरिएको रकम १ लाख ५७ हजार र दोश्रो चरणमा संकलन भएको रकम २ लाख ११ हजार ७ सय | प्रथम र दोस्रो गरि ३ लाख ६८ हजार ७ सय रकम संकलन भएको छ ।
हाम्रो आग्रहलाई स्वीकार गरि प्रोत्साहित गर्नुहुने सहयोगी हातहरु प्रति यस लिटिल गार्डेन मन्टेश्वरी परिवार धेरै धेरै आभारी छौ र नानुको पुर्ण स्वास्थ लाभको कामना गर्दै ,सुरुदेखि हालसम्म हाम्रो यस अभियानमा जोडिएर साथ दिनुहुने सम्पुर्ण सहयोगी मनहरुमा पुनः एकपटक हार्दिक कृतज्ञता प्रकट गर्दछौ।