Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

हल्कारा” बदलिदो समयको कथा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,बैशाख २९ मते शुक्रबार देखि अल नेपाल रिलिज हुने चलचित्र ‘हल्कारा’ बदलिदो समयको कथा भएको बताइएको छ । बिहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले “हल्कारा’ नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । चलचित्रका लेखक समेत उनै हुन् ।


उनले धैर्यता र आशालाई समेत कथा मार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ । “देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ ।’ उनले भने ।


सापकोटाले चलचित्रमा ९० प्रतिशत भन्दा बढी साउण्ड ओर्जिनल ने राखिएको बताए। संगीत समेत ओर्जिनल ने हो। साराङ्गी र बाँसुरीलाई बड़ी प्रयोग गरिएको छ । डिजिटल प्लाटफर्ममा मात्रै चलचित्र निर्माण हुँदा सिनेमेटिक्स एक्सपेरियन्स घट्दै गएको भनाई उनको छ। उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताएका छन् । चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले “हल्कारा” आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए । “हल्कारा” को स्क्रिप्ट मन परेर नै आफु अभिनयका लागि तयार भएको भनाई उनको छ । हर नेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिले सम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन् ।


चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए। “हल्कारा” हुलाक आउनुभन्दा


अगाडिको समयको कथा भएको भनाई उनको छ । हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर ‘हल्कारा’ भन्नाले लेखेको चिठी पढने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए । ५५औं दर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो । चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले नेपाली


परिवेशमा निर्माण भएको चलचित्रलाई सबैले माया गर्नुपर्नेमा जोड दिए। उनले हल्काराले आफ्नो गाउँ ठाउको कथा बुनेको बताउदै राम्रो ठेट नेपाली चलचित्रलाई उकास्न सबैले सकारात्मक सहयोग गर्नुपर्ने बताए। पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, कास्कीका सचिव सन्तोष बस्यालले गरेका थिए । यसअघि काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा ४ सय जनाको सहभागिता रहेको पराजुलीले जानकारी गराए । उक्त प्रिमियरमा हल्काराले तारिफ पाएको भनाई उनको छ । उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा संचारकर्मीहरु बाक्लो उपस्थिति रहेको उनले उल्लेख गरे ।


हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ। नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो। फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माधान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।कालिपार स्टुडियो निर्माण र आइसफन प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की,पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो । पाँच वर्ष अगाडि छायाँकन गरिएको चलचित्रमा लगानी अन्य चलचित्र भन्दा कम नै भएको जानकारी गराइएको छ ।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist