✍️दिवस लम्साल
नेपालमा जे गरेपनि जति गरेपनि हुदैन भन्ने साेच नेपाली समाजको जल्दाेबल्दाे समस्या हाे,जति गर्दा पनि केहि पनि हुँदैन भनेर हरेस खाने युवाहरुको लागी प्रेरणा बन्नुभएको छ माईला बा ।

बुढो हुने भनेको जाँगर,जोस सपना नभएर हो भन्ने कुराको प्रमाण नै पेस गर्न सक्नुभएकोमा नेपालभरीबाट यस्ता पौरखी हातहरुलाई चिन्न नसक्नु सरकारको कमजोरी रहँदै आएको छ ।

“उहाँ हुनुहुन्छ स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नः ३ छाका निवासी मणिरतन भण्डारी(माईला बा) उहाँहरु परिवारमा भने अहिले दुई जना आफू र श्रीमति मात्र हुनुहुन्छ । उहाँ अहिले उमेरले ७५ बर्ष हुनुभयो तर,
पौरख हात खुट्टा आँट साहस हिम्मत भने ३५ बर्षको उमेरको जस्तै छ । यो उमेरमा पनि दुई जनाले (२८ मुरी धान) भकारीमा भित्र्याउनु भएको छ ।

सम्मान छ यि किसानी पौरखी बुबालाई,यो पौरख हेरेर नेपाली युवा देशमै केहि गरून शुभकामना ।