Sunday, June 8, 2025

आजको मिति: २०८२ जेष्ठ २६ ,आईतवार

  Latest
कोटिहोममा भोलि महानायक राजेश हामाल आउँदै
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून
Next
Prev

अध्यक्ष विद्वान गुरुङको पहलमा बन्ने भयो तरुण दलको नया भवन

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल सरकार शहरी बिकास मन्त्रालयले काठमाडौं महानगरपालिका वार्ड न. १३ स्थित रबि भवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ “गणेशमान सिंह स्मृति भवन निर्माण” शीर्षकमा यस आर्थिक बर्षमा बहुवर्षिय योजना अन्तर्गत रुपैयाँ तीन करोड (रु ३,००,००,०००) बजेट छुट्टाएको छ ।



नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले केही समय अघि पार्टी सभापती शेर बहादुर देउवाज्युलाई भेटी दलको भवन निर्माणमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।



उक्त आग्रह पस्चात सभापती देउवाले उपप्रधान एवं सहरी बिकास मन्त्री प्रकाश मान सिंहलाज्युलाई तरुण दलको भवन निर्माण गर्न बजेट छुट्टाउने बाताबरण निर्माण गर्न सुझाउनुभएको थ्यो ।
रवि भवनमा नेपाल तरुण दलको आफ्नै जग्गा रहेको छ ।



आज एक धन्यवाद पत्र लेख्दै अध्यक्ष गुरुङले उक्त भवन निर्माणको लागि बजेट बिनियोजन गर्न विशेष पहल गरिदिनुहुने नेपाली काङ्ग्रेस पार्टी सभापती सम्माननिय पुर्व प्रधानमन्त्री श्रद्देय नेता आदरणीय शेर बहादुर देउवाज्युलाई धन्यवाद दिदै बिभागिय मन्त्रालय अन्तर्गत नेपाल सरकार उपप्रधान एवं शहरी बिकास मन्त्री माननीय आदरणीय प्रकाश मान सिंहज्युलाई भवन निर्माणार्थ बजेट समावेस गरिदिनुभएकोमा विशेष आभार प्रकट गरेका छन ।



बजेट बिनियोजन गर्न भुमिका खेल्नुहुने सम्पुर्णमा नेपाल तरुण दल केन्द्रीय समितीको तर्फबाट अध्यक्ष गुरुङले सवैलाई धन्यवाद दिएका छन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist