Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

जिल्ला न्यायाधीशसहितको एक टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाको अनुगमन ।

Share on facebook
Share on twitter
Share on linkedin

वीरगन्ज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ ।


जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल , रजिष्टार अरुण कुमार कोइराला , शाखा अधिकृत जमुना धितालसहितको टोलीले शनिबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो ।


गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरिएको हो । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।


अनुगमन कै क्रममा गाउँपालिका अध्यक्ष तिवारीले न्यायाधीशसहितको टोलीलाई गाउँपालिका अन्तर्गत पर्ने ढंगहि नदीको भु- माफियाले कब्जा गरी बल नदीको मुहान परिवर्तन गरेको दृश्य परिवर्तन गरेको स्थल मै लगी अनुगमन गराएका थिए ।


अनुगमनपछि टोलीले बिन्दबासिनी गाउँपालिकाका न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थियो । बिन्दबासिनी गाउँपालिकाको वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ । बिन्दबासिनीमा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका मुद्दाको ८० प्रतिशत बढी फैसला भइसकेको गाउँपालिका जनाएको छ ।


साथै पालिकाले पनि आफ्नो सम्पूर्ण कामकाज समय समयमा गर्दै आएको हुनाले पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई धन्यवाद समेत दिएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist